
अभिनेता भुवन केसी काठमाडाैँको मेयर पदमा उठ्ने
काठमाडाैँ । उन्नत लोकतन्त्र पार्टीबाट अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्। उन्नत लोकतन्त्र पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर उठाउने निर्णय गरेको हो। पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौंको मेयरमा भुवन र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष स्वागत नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।…