माघ १९ गतेदेखि ‘म यस्तो गीत गाउँछु–२’ प्रदर्शनमा आउने

काठमाडाैँ । फिल्म ‘म यस्तो गीत गाउँछु २’ माघ १९ अर्थात फेब्रुअरी २ देखि प्रदर्शन हुने भएको छ । निर्देशक सुदर्शन थापाले फिल्म माघमा प्रदर्शन गर्न लागेको जानकारी दिए । फिल्म प्रेमकथामा बनेको भएकोले प्रेम दिवसको छेको पारेर रिलिज गर्न लागेको निर्देशक थापाले सुनाए । यस अगाडि वि.सं २०७६ फागुन ३० गते रिलिज हुने तरखरमा रहेको…

Read More

‘सूर्यवंशी’को बम्पर व्यापार, ४ दिनमा कमायो १३७ करोड

एजेन्सी । भारतका चर्चित अभिनेता तथा कलाकारहरूको अभिनय रहेको फिल्म ‘सूर्यवंशी’ले चाैथो दिनसम्म पनि व्यापारमा उस्तै क्रम कायम राखेको छ । प्रदर्शन भएको चाैथो दिनसम्म उक्त फिल्मले १३७ करोड भारू कमाइसकेको छ । फिल्ममा अक्षय कुमार र कट्रिना कैफको लिड रोल रहेको छ । विश्वका विभिन्न मुलुकमा रिलिज गरिएको यो फिल्म रोहित सेट्टी पिक्चर्ज, धर्मा प्रोडक्सन…

Read More

बिक्की अग्रवालकी आमा दुर्गा मगरको मृत्यु

काठमाडाैँ । चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’का फर्स्ट रनरअप बिक्की अग्रवालकी आमाको मृत्यु भएको छ । सिक्किम निवासी अग्रवालकी आमा दुर्गा मगरको मंगलबार काठमाडौंको चाहविलस्थित मेडिकेयर अस्पतालमा मृत्यु भएको हो । मंगलबार दिउँसो आमालाई कोठामा छाडेर बाहिर काम विशेषले निस्केका अग्रवाल बेलुकी फर्किँदा आमालाई अचेत अवस्थामा फेला पारेपछि बिक्कीले अस्पताल पुर्याएका थिए ।…

Read More

मिथिलामा छठपर्वको ‘खरना’ को तयारी

धनुषा । लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा–अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवता र…

Read More

दिपावलीको अवसरमा अमेरिकी राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा बाले दियो

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले तिहार (दीपावली) मनाउने विश्वभरका सबैलाई शुभकामना दिएका छन् । राष्ट्रपति बाइडेनले आफ्नो ट्वीटर अकाउन्टमा राष्ट्रपति निवास ह्वाइट हाउसभित्र दियो बालेको तस्बिर सेयर गर्दै दीपावलीको शुभकामना दिएका हुन् । बाइडेनले बिहीबार लक्ष्मीपूजाको रात नेपाली समयअनुसार ८ बजेर ३१ मिनेटमा बाइडेनले उक्त शुभकामना सन्देश पोस्ट गरेका हुन् । तस्बिरमा उनकी पत्नी…

Read More

आज गाई, गोरु, गोवर्द्धन र हलि पूजा

काठमाडाैँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने…

Read More

तिहारको तेश्रो दिन : ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाडाैँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ…

Read More

आज काग र कुकुर तिहार, यमराजको दूत स्वरूप पूजा गरिँदै

१७ कार्तिक, काठमाडाैँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ। बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। आज बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि छ। त्यसपछि चतुर्दशी तिथि…

Read More

आज धनतेरस, यी सामानहरू घरमा भित्र्याउँदा हुनेछ शुभ

काठमाडाैँ । दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदै छ । मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाउन लागिएको हो । कात्तिक कृष्ण त्रयोदशीको रात पर्ने दिनलाई मिथिलामा ‘धनतेरस’…

Read More

आजदेखि यमपञ्चक (तिहार) शुरु

१६ कार्तिक, काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ । मङ्गलबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको समितिका अध्यक्ष प्रा…

Read More