Thu. Apr 18th, 2024

एजेन्सी । भारतका चर्चित अभिनेता तथा कलाकारहरूको अभिनय रहेको फिल्म ‘सूर्यवंशी’ले चाैथो दिनसम्म पनि व्यापारमा उस्तै क्रम कायम राखेको छ । प्रदर्शन भएको चाैथो दिनसम्म उक्त फिल्मले १३७ करोड भारू कमाइसकेको छ ।

फिल्ममा अक्षय कुमार र कट्रिना कैफको लिड रोल रहेको छ । विश्वका विभिन्न मुलुकमा रिलिज गरिएको यो फिल्म रोहित सेट्टी पिक्चर्ज, धर्मा प्रोडक्सन र केप गुड फिल्म्सको निर्देशनमा बनेको हो ।

कोरोना महामारीका कारण थलिएको भारतीय फिल्म व्यवसायमा यस फिल्मले सय करोडभन्दा बढीको व्यापार गर्नु उत्साहजनक कुरा भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

यो फिल्मको टिकटका लागि दर्शकहरू मध्यरात देखि नै लाइनमा बसेका समाचारहरू सार्वजनिक भएका थिए । नेपालमा पनि यो फिल्मले हाउसफुल प्रदर्शन गरेको थियो ।

निर्माण पक्षका अनुसार यो फिल्मले भारतमा १०९.०४ करोड र युएईमा ७.०२ करोड सहित भारत बाहिर २८.०४ करोड कलेक्सन गरेको छ ।

Leave a Reply

%d bloggers like this: