ईदमा नै प्रदर्शन हुने भयो सलमान खानको ‘राधे’

एजेन्सी । सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘राधे’ यस वर्षको ईदमा नै प्रदर्शन हुने भएको छ । सलमानले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् । ‘राधे’ लाई सिनेमा हलमै रिलिज गर्न देशभरका हल सञ्चालक र प्रदर्शकले सलमानलाई अनुरोध गरेका थिए । उनीहरुकै आग्रहमा उनले कोरोना कहरको समयमा फिल्म प्रदर्शन गर्ने जोखिम उठाउन लागेका…

Read More

आजदेखि नेपालमा कोरोना भाइरसको भ्याक्सिन ल्याउने प्रक्रिया सुरू

काठमाडाैँ । भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ । भारतले आज (बुधबार)देखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने भएको हो । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ आपूर्ति गर्न आज बुधबारदेखि प्रक्रिया अघि बढाइने भारतस्थित विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा…

Read More

जन्मदिनमा अभिनेताले तरबारले काटे केक, आलोचना हुन थालेपछि मागे माफी

एजेन्सी । साउथ अभिनेता विजय सेतुपतिले १६ जनवरीमा आफ्नो ४३ औं जन्मदिन सेलिब्रेसन गरेका छन् । यो अवसरमा फ्यान तथा आफन्तले उनलाई शुभकामना तथा बधाई समेत दिइरहेका छन् । विजयले आफ्नो जन्मदिन निर्देशक पोनरामको नयाँ फिल्मको सेटमा मनाएका थिए । जुन तस्बिरलाई लिएर विवाद श्रृजना भएपछि उनले माफी समेत मागेका छन् । फिल्म सेटमा उनले…

Read More

नेपाली एक समूहले हिमाल आरोहणमा रच्यो इतिहास

एजेन्सी । नेपाली एक समूहले हिमाल आरोहणमा इतिहास रचेका छन् । उनीहरूको समूले चिसो माैसमा संसारको दोश्रो अग्लो हिमाल माउण्ट केटु आरोहण गरेर रेकर्ड राखेका हुन् । यसभन्दा अघि कारकोरम रेन्जको यो पर्वतलाई यो महिनामा कसैले आरोहण गर्न सकेनन् । उनीहरू स्थानीय समय अनुसार शनिबार साँझ पाँच बजे शिखरमा पुगेका थिए । सुरुमा नेपाली पर्वतारोहीको…

Read More

नेपालमा पनि कोरोना भाइरसको खोपले पायो अनुमति

काठमाडाैँ । नेपालमा पहिलो पटक कोरोना भाइरसको खोपले आपतकालीन प्रयोग गर्ने अनुमति पाएको छ । नेपाल सरकारले भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया प्रालिले तयार पारेको ‘कोभिशिल्ड’लाई अनुमति दिएको हो । स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘नेपालमा कोभिड-१९ विरुद्धको खोपको आपतकालीन प्रयोगका लागि २०७७ माघ २ को विभागीय निर्णयानुसार उत्पादक सिरम इन्स्टिच्युट अफ इण्डिया…

Read More

बाइडेनको सपथ समारोहमा लेडी गागा र जोनिफरको प्रस्तुति

एजेन्सी । अमेरिकी नवनिर्वाचि राष्ट्रपति जो बाइडेनको सपथ समारोहमा सुरक्षा व्यवस्था कडा पारिने भएको छ । सुरक्षा व्यवस्थाका लागि हज्जारौं नेशनल गार्डका जवानहरु तैनाथ गर्ने तयारी गरिएको छ । समाचार एजेन्सी रोयर्टसका अनुसार ट्रम्प समर्थकहरुले कुनै आक्रमण गर्न सक्ने आंकलन गर्दै सुरक्षा व्यवस्था कडा गरिएको हो । त्यसका लागि सुरक्षाका थुप्रै घेरा बनाइएको जनाइएको छ…

Read More

नेपालमा पनि मास्टरको सानदार सुरूवात, ५० प्रतिशत अकुपेन्सीमा हरेक शो हाउसफुल

काठमाडाैँ । साउथ इन्डियन फिल्म ‘मास्टर’ले ‘ओपनिङ डे’ मा नै धमाका मच्चाएको छ । कोरोना भाइरसको कारण प्रदर्शन मिति स्थगित गरेर बसेको यो फिल्मले अहिले सानदार सुरूवात गरेको हो । भारतीय बक्स अफिसमा मास्टरले एकै दिन ४० करोडको व्यापार गरेको छ । यो फिल्म विभिन्न ५ वटा भाषामा एकै पटक प्रदर्शन भएको थियो । भारतीयसँगै नेपाली…

Read More

१० महिनापछि हल खुल्दा नेपालका हलमा ‘एउटा यस्तो प्रेम कहानी’ र ‘मास्टर’

काठमाडाैँ । माघे संक्रान्तिको सार्वजनिक विदाको मौका छोप्दै बिहीवारबाट फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ देशभर प्रदर्शनमा आएको छ । दिपेश सापकोटा निर्देशित यो फिल्मलाई मल्टीप्लेक्सहरुले पर्याप्त सोज दिएका छन् । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र फिल्मलाई कूल १२ सोज बाँडेको छ । लकडाउनपछि प्रदर्शनमा आएको यो पहिलो नेपाली फिल्म हो । १ घण्टा ३५…

Read More

सगरमाथा नेपालकै हो : जी-न्युज

काठमाडाैँ । भारतीय टेलिभिजन जि-न्युजका सम्पादक सुधीर चाैधरीले सगरमाथाको बारेमा उनको अभिव्यक्ति विवादमा परेपछि माफी मागेका छन् । बुधबार रातीको कार्यक्रममा उनले मंगलबार प्रसारण गरेको कार्यक्रम विवादमा परेको भन्दै माफी मागेका हुन् । मंगलबार चाैधरीले सगरमाथाको नाम परिवर्तन गरेर ‘माउन्ट सिकदर’ राख्नुपर्ने अभियान सुरू गरेको घोषणा गरेका थिए । उनको यो अभियानको चाैतर्फी विरोध हुँदै…

Read More

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको फाइनल खेल्न नेपाली टोली युएई जाँदै

काठमाडाैँ । लोकप्रीय मोबाइल गेम पब्जी मोबाइलको ग्लोबल च्याम्पियन्सिपको फाइनल खेल्न नेपाली टिम युएई जाँदैछ । पब्जी मोबाइल ग्लोबल च्याम्पिन्सिपको फाइनलमा पुगेको नेपाली टोली एबरप्ट स्लायर्स बुधबार राती युएई जान लागेको हो । पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको फाइनलमा नेपाली टिम एएसएल सहित जम्मा १६ वटा टोली रहेका छन् । ती १६ वटा टिमले जम्मा २…

Read More