
गोविन्द शाही नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय समितिको विज्ञ सदस्यमा नियुक्त
काठमाडाैँ । फिल्म निर्माता, वितरक तथा कलाकार गोविन्द शाही नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय समितिको विज्ञ सदस्यमा नियुक्त भएका छन् । शुक्रबार कांग्रेसका नेता तथा समितिका विभागीय प्रमुख एनपी साउदले गोविन्द शाहीलाई विज्ञ सदस्यमा नियुक्त गरिएकोबारे पत्र समेत दिएका छन् । शाहीलाई दिइएको पत्रमा नेपाली कांग्रेसबाट विधानमा व्यवस्था भए बमोजिम शुभेच्छुक समन्वय समिति गठन गरिएको…