Sat. Apr 20th, 2024

काठमाडाैँ । प्रदीप खड्का र पूजा शर्माको उत्कृष्ट अभिनय रहेको फिल्म ‘प्रेमगीत’ले युट्युबमा नयाँ रेकर्ड बनाएको छ । यो फिल्मले युट्युबमा सबैभन्दा धेरै पटक हेरिएको नेपाली फिल्मको रेकर्ड बनाएको हो ।
यो फिल्म यो सामग्री तयार पार्दासम्म २ करोड ५० लाख ६७ हजार ५३५ पटक हेरिएको छ । त्यस्तै, फिल्मले १ लाख ५१ हजार लाइक पाउँदा १५ हजारभन्दा बढी डिस्लाइक फाएको छ ।
यो फिल्म सन्तोष सेनले निर्माण गरेका हुन् भने सुदर्शन थापाले निर्देशन गरेका हुन् । २०७२ साल माघ २९ गते यो फिल्म रिलिज भएको थियो ।
अहिले यो फिल्मको तेश्रो सिक्वेल ‘प्रेमगीत ३’ प्रदर्शनको पर्खाइमा रहेको छ । यो फिल्म हिन्दी भाषामा समेत रिलिज हुँदैछ । यो फिल्मको डबिङ र सम्पादन समेत सकिइसकेको निर्माण पक्षले जानकारी दिएको छ ।
आँफुले निर्माण गरेको  फिल्मले युट्युबमा सबैभन्दा धेरै दर्शक पाउँदा निर्माता सेनले धन्यवाद समेत व्यक्त गरेका छन् ।
 

Leave a Reply

%d bloggers like this: