मंगल ग्रहमा हेलिकप्टर उडाउँदै नासाका वैज्ञानिक

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आउँदो अप्रिलको पहिलो साताभित्र मंगल ग्रहमा हेलिकोप्टर उडाउने भएको छ । नासाले गएको महिना मंगल ग्रहमा अवतरण गरेको पर्सिभेरेन्स रोभरमार्फत लगिएको सानो आकारको हेलिकोप्टर उडाउन लागेको हो । १.८ केजी तौलको उक्त हेलिकोप्टरले कम हावा भएको मंगल ग्रहमा छोटो–छोटो उडान गर्ने अपेक्षा गरिएको छ । उडान सफल भएमा यस प्रयासले…

Read More

आमिर खानलाई कोरोना संक्रमण

एजेन्सी । बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । आमिर खानका प्रवक्ताले उनलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका छन् । आमिरका प्रवक्ताले भनेका छन्, ‘आमिर खानलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ र अहिले सेल्फ आइशोलेसनमा बसिरहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । केही दिनअघि उनको नजिक रहेका…

Read More

बलिउडमा विराटनगरका अमित रौनियार

विराटनगर । विराटनगर महानगरपालिका–१० निवासी मोहनकुमार रौनियारका ३० वर्षीय छोरा अमित रौनियार भारतको चलचित्र नगरी मुम्बईमा आफ्नो स्थान बनाउन सफल भएका छन् । दश वर्षअघि भारतको नयाँदिल्ली चार्टर्ड एकाउन्टेन्ट पढ्न गएका युवा अमितले पढाइभन्दा कलाकारितामा रुचि बढाउन थालेका थिए । लगातारको मेहनतबाट उनी भारतको चलचित्रमा देखिन थालेका छन् । कलाकार अमितले विराटनगरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा…

Read More

सुशान्त सिंह राजपुतको फिल्म ‘छिछोरे’ २०१९ को उत्कृष्ट फिल्म

भारतमा ६७ औं राष्ट्रिय फिल्म पुरस्कारको घोषणा गरिएको छ । सन् २०१९ मा बनेको फिल्म तथा उनका कलाकारलाई सम्मानित गरिएको छ । दिवंगत अभिनेता सुशान्त सिंह राजपूतद्वारा अभिनित ‘छिछोरे’ लाई उत्कृष्ट हिन्दी फिल्मको अवार्ड प्रदान गरिएको छ । कंगना रनौतलाई मणिकर्णिका र पंगाका लागि सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड प्रदान गरिएको छ । मनोज बाजपेयीलाई भोसलेका लागि…

Read More

रहेनन् ‘कहो ना प्यार हैं’ फिल्मका लेखक सागर सरहदी

एजेन्सी । सफल भारतीय फिल्म निर्माता, निर्देशक तथा लेखक सागर सरहदीको मृत्यु भएको छ । सरहदीको सोमबार मुम्बइमा ८८ वर्षको उमेरमा मृत्यु भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । उनी मुटुमा समस्या देखिएपछि केही दिनअघि देखि अस्पताल भर्ना भएका थिए भने आइसियुमा राखेर उपचार हुँदै थियो । सरहदीका दीवाना, कहो ना प्यार हैं तथा सिलसिला…

Read More

नेपाल चलचित्र उपकरण संघको नयाँ अध्यक्षमा विश्वप्रकाश गौचन चयन

काठमाडाैँ । विश्वप्रकाश गौचन नेपाल चलचित्र उपकरण संघको नयाँ अध्यक्षमा चयन भएका छन् । गत असोज ५ गते विश्वको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । संस्थाको शनिबार सम्पन्न १३ औं साधारण सभा तथा प्रथम विधानसभामा नवनिर्वाचित कार्यसमितिको घोषणा गरिएको थियो । समितिको उपाध्यक्षमा रमेश बुढाथोकी, महासचिवमा केशव घिमिरे, कोषाध्यक्ष जीवन थापा र सदस्यहरुमा माधव थापा,…

Read More

फ्यानहरूले मन पराए दीपिकाको नयाँ लुक्स

एजेन्सी । बलिउडकी अभिनेत्री दीपिका पादुकोण चलचित्र क्षेत्रमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । उनी नियमित आफ्ना तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गर्ने गर्छिन् । उनले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरहरु निकै चर्चामा आउने गर्छन् । यसैबीच, दीपिकाले नयाँ लुक्समा एउटा तस्बिर सेयर गरेकी छन् । उनको उक्त तस्बिरलाई पनि निकै मन पराइएको छ ।…

Read More

युगान्डाकी गायिका वियोन्से फाम्सीले गाइन् ‘फुलबुट्टे सारी’ (भिडियो)

काठमाडाैँ । युगान्डाकी गायिका डे क्याप्टेन वियोन्से फाम्सीले पछिल्लो समयको चर्चित गीत ‘फुलबुट्टे सारी’को कभर भर्सन सार्वजनिक गरेकी छन् । उनले शुक्रबार डिका इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत राजनराज शिवाकोटीको उक्त गीत सार्वजनिक गरेकी हुन् । उनले गीतको भिडियो पनि सार्वजनिक गरेकी छिन् । भिडियोमा उनी स्वयंलाई फिचर गरिएको छ । उक्त भिडियोको निर्देशन, छायाँकन र सम्पादन…

Read More

निर्देशक दीपाश्री निरौलाको ‘धनियाँ के होली’ सार्वजनिक

काठमाडौँं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले होली गीत ‘धनियाँ के होली’ सार्वजनिक गरेकी छन् । फागु पुर्णिमा नजिकिएसँगै अभिनेत्री दीपाले उक्त गीत सार्वजनिक गरेकी हुन् । गीतमा दीपालाई सुमित खड्काले स्वरमा साथ दिएका छन् । नारायण राजवंशीको शब्दमा संगीतकार निरज श्रेष्ठले संगीत भरेका छन् । गीतको भिडियोमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे,…

Read More

फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी

एजेन्सी । फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी रहेको पाइएको छ । खुशी नागरिकहरुको मुलुकको सूचीमा फिनल्याण्ड अहिले लगातार चौथो पटक सवैभन्दा अगाडि परेको हो । संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुशीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएको छ । गत बर्ष विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएपनि फिनल्याण्डका नागरिकको खुशीयाली तुलनात्मक रुपमा अगाडि नै रहेको छ…

Read More