Thu. Apr 18th, 2024

काठमाडौँं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले होली गीत ‘धनियाँ के होली’ सार्वजनिक गरेकी छन् । फागु पुर्णिमा नजिकिएसँगै अभिनेत्री दीपाले उक्त गीत सार्वजनिक गरेकी हुन् ।
गीतमा दीपालाई सुमित खड्काले स्वरमा साथ दिएका छन् । नारायण राजवंशीको शब्दमा संगीतकार निरज श्रेष्ठले संगीत भरेका छन् ।
गीतको भिडियोमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवि डंगोल, अनुराग कुँवर, सुमन गिरीलगायतको अभिनय रहेको छ । भिडियोको निर्देशक दीपाश्री नै हो ।
गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । 

Leave a Reply

%d bloggers like this: