
५५ औँ वसन्तमा बलिउडका ‘बादशाह’ साहरुख खान
काठमाडाैँ । बलिउडमा ‘बादशाह, किङ खान, रोमान्सका किङ’ जस्ता उपनामले परिचित नायक साहरुख खान आजबाट ५५ बर्षमा प्रवेश गरेका छन् । सन् १९६५ नोभेम्बर २ तारिखमा साहरुखको जन्म दिल्लीमा भएको थियो । चलचित्र ‘दिवाना’बाट बलिउडमा प्रवेश गरेका साहरुख खानले बलिउडमा करिब ३ दशक विताइसकेका छन् । उसो त साहरुखले आफ्नो करिअरको सुरुवात टेलिभिजनबाट गरेका हुन् ।…