राष्ट्रिय अवार्ड पनि मुछियो विवादमा(नतिजासहित)
४ वर्षको अन्तरालपछी चलचित्र विकास बोर्डले गर्दै आएको राष्ट्रिय अवार्ड समारोह हिजो सोमबार राष्ट्रपति निवासमा सम्पन्न भएको छ । ०६७, ०६८, ०६९ र ०७० सालका फिल्महरूलाई आधार मान्दै बिभिन्न बिधामा पुरस्कार बाँडिएतापनि पाउनु पर्ने कलाकारले भन्दा अन्यले पाएको भन्दै धेरै फिल्मकर्मी र सञ्चारकर्मीहरुले अवार्ड नतिजाप्रति असन्तुष्टी व्यक्त गरेका हुुन ।