चौथो अन्तरराष्ट्रिय चलचित्र महोत्सव चीनको सान्यामा हुने

काठमाडाैँ। चौथो हाइनान टापु अन्तरराष्ट्रिय चलचित्र महोत्सव डिसेम्बर ३ देखि १० सम्म चीनको हाइनान टापु प्रान्तको रिसोर्ट शहर सान्यामा आयोजना हुँदैछ। सेप्टेम्बर २६ सम्म यस वर्षको फिल्म फेस्टिभलमा गोल्डेन कोकोनट अवार्डका लागि ११६ देश र विभिन्न क्षेत्रका कुल ३, ७६१ फिल्महरू दर्ता गरिएका आयोजकले मङ्गलबार जनाएको छ। महोत्सवमा ८० देखि १ सय चलचित्र प्रदर्शन हुने अपेक्षा…

Read More

राजेश हमाललाई उत्कृष्ट लाग्यो ‘महापुरूष’, भन्छन्- केही दृश्यले भावुक भएँ

काठमाडाैँ। अभिनेता राजेश हमालले हाल प्रदर्शनमा रहेको चलचित्र ‘महापुरुष’ ले नेपाली समाजको भावना र पुस्तान्तरणको कथा व्यक्त गरेको बताएका छन् । सोमबार साँझ दरबार सिनेप्लेक्समा फिल्म हेरिसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले फिल्म उत्कृष्ट बनेको बताए । ‘फिल्म उत्कृष्ट बनेको छ । यसमा हरेक वर्ग र उमेर समूहको भावनालाई समेटिएको छ । हेर्दै गर्दा दर्शक सहजै जोडिन्छन’,…

Read More

‘प्रेमगीत ३’को हिन्दी संस्करणबाट भारतमा प्रदीप खड्काले जिते अवार्ड

काठमाडौं । अभिनेता प्रदीप खड्काले भारतको आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् । फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । उत्कृष्ट फिल्म चाहिं ब्रिजेन्दर काला स्टारर हिन्दी फिल्म ‘मास्क’ बन्यो । अवार्डकै लागि प्रदीप र प्रेमगीत ३ का निर्माताहरु यतिबेला…

Read More

‘महापुरूष’ हेर्न २५वर्षपछि हल पुगे कुलमान घिसिङ

काठमाडाैँ। नेपालमा लोडसेडिङको अन्त्य गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रदर्शनरत फिल्म ‘महापुरूष’ हेरेका छन् । उनले आफ्नी श्रीमतीसँगै काठमाडौंको चावहिलमा रहेको एफएक्युब सिनेमाजमा पुगेर फिल्म हेरेका हुन् । मह जोडीको अभिनय रहेको र फिल्मलाई हेर्नेले राम्रो भनेकाले दर्शक बनेर बिदाको समय सदुपयोग गरेको उनले बताए । शनिबार साँझ ५ बजेर १५ मिनेटको शोमा…

Read More

अनुपम खेरले पाएनन् आँफैले अभिनय गरेको ‘उचाइ’ फिल्मको टिकट

मुम्बई । निर्देशक सुरज बडजात्याको फिल्म ‘उचाइ’ गत शुक्रबारबाट प्रदर्शनमा आइसकेको छ। भारतमा कम स्क्रिनमा रिलिज भए पनि फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। यही बीचमा फिल्मका मुख्य कलाकारमध्ये एक अनुपम खेरले एक भिडियो सामाजिक सञ्जालमा साझा गर्दै आफूले ‘उचाइ’को टिकट नपाएको उल्लेख गरेका छन्। भिडियोमा उनी मुम्बईको कुनै एक थिएटरमा पुगेका छन्। उनले टिकट…

Read More

लाखौं मूल्य पर्ने घडी भेटिएपछि शाहरुखलाई मुम्बई विमानस्थल मै एक घण्टा सोधपुछ

मुम्बई। बलिउड अभिनेता शाहरुख खान र उनको टिमलाई अमेरिकाको विमानस्थलमा पटक पटक सोधपुछ गरिएको समाचार त सुनिएकै हो। तर, उनलाई मुम्बई एयरपोर्ट मै समेत कस्टम विभागले शुक्रबार अबेर राती एक घण्टा सोधपुछ गरेको छ। सोधपुछपछि शाहरुख र उनको म्यानेजर पूजा ददलानीलाई प्रहरीले छोडे पनि शाहरुखका बडीगार्ड रवि र टिमलाई नियन्त्रणमै राखेको थियो। समाचारअनुसार लाखौं मूल्य…

Read More

किन टिकेन नेपाली बजारमा ‘डिजिटल प्लेटफर्म’ ?

काठमाडाैँ। ओटीटी (ओभर द टप) प्रति कोभिड १९ नियन्त्रणका लागि गरिएको लकडाउनको समयमा निक्कै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकहरूले मनोरञ्जनको विकल्पका रुपमा डिजिटल प्लेटफर्म रोजे । अन्तराष्ट्रिय रुपमा बजार राम्रो बनाई सकेका नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभ लगायतका ओटीटी प्लेटफर्म दर्शकका प्रिय बने । नेपाली समेत उल्लेखित…

Read More

नेपालमा छायांकन भएकाे चलचित्र ‘उचाइ’ आजदेखि प्रदर्शनमा

काठमाडाैँ। नेपालमा छायाङ्कन भएको भारतीय चलचित्र ‘उचाइ’ आजबाट प्रदर्शनमा आएको छ। यो फिल्मको अधिकांश छायांकन नेपालमा गरिएको छ। हिमाली भेगमा छायांकन भएको हुँदा अमिताभ बच्चन उपस्थित थिएनन्। नेपालमा भएको छायांकनमा उनको डमी कलाकार प्रयोग गरिएको थियो। मुम्बइमा भएको छायांकनमा अमिताभले नै अभिनय गरेका छन्। स्वयम्भू, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुक्ला, नाम्चे, मनाङलगायत ठाउँमा करिब एक महिना…

Read More

नेपालमा सुटिङ गरिएको बलिउड फिल्म ‘उचाई’ शुक्रबारबाट प्रदर्शन हुँदै

काठमाडाैँ। गत वर्ष कोरोना भाइरसको महामारी र ओभर दी टप (ओटिटी) को बढ्दो प्रयोगले पुनः दर्शक हलमा फर्किने हुन् वा होइनन् भन्ने बहसकै बीच नेपालमा छायाङ्कन हुन् आएको भारतीय फिल्म ‘उचाई’ ले नेपाली पर्यटनलाई प्रवद्र्ध्धनमा सहयोग गर्ने भएको छ । अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र डेनी डेन्जोङ्पा, परीनिती चोपडा, नीना गुप्ता, सारिका हसन जस्ता…

Read More

विवाहले करिअरमा असर नगरेका नेपाली अभिनेत्री

काठमाडौं । विवाहका लागि साइत जुर्नुपर्छ । तर, अभिनेत्रीहरू भने करिअर निर्माणमै बढी समय खिर्चिने हुँदा विवाह ढिला गर्छन् । नेपाली ग्ल्यामर क्षेत्रमा केही त्यस्ता चर्चित अभिनेत्रीहरु छन्, जसले विवाह पश्चात करिअरलाई उचाइमा लगे । बिहे गरेपछि ‘फ्यान फलोइङ’ घट्छ, अझ सन्तान जन्मिएपछि त फिल्मी करिअर नै समाप्त हुन्छ भन्ने बुझाइ ग्यामलर क्षेत्रमा पाइन्छ ।…

Read More