Fri. Apr 19th, 2024

काठमाडाैँ। चौथो हाइनान टापु अन्तरराष्ट्रिय चलचित्र महोत्सव डिसेम्बर ३ देखि १० सम्म चीनको हाइनान टापु प्रान्तको रिसोर्ट शहर सान्यामा आयोजना हुँदैछ।

सेप्टेम्बर २६ सम्म यस वर्षको फिल्म फेस्टिभलमा गोल्डेन कोकोनट अवार्डका लागि ११६ देश र विभिन्न क्षेत्रका कुल ३, ७६१ फिल्महरू दर्ता गरिएका आयोजकले मङ्गलबार जनाएको छ।

महोत्सवमा ८० देखि १ सय चलचित्र प्रदर्शन हुने अपेक्षा गरिएको छ भने विभिन्न छलफलका मञ्चहरु पनि आयोजना गरिने छ ।
सन् २०१८ देखि शुरु भएको यो चलचित्र महोत्सव चाइना मिडिया ग्रुप र हाइनान प्रान्तको जनसरकारले संयुक्त रूपमा आयोजना गर्दै छ ।

Leave a Reply

%d bloggers like this: