Sat. Apr 20th, 2024

काठमाडाैँ। नेपालमा छायाङ्कन भएको भारतीय चलचित्र ‘उचाइ’ आजबाट प्रदर्शनमा आएको छ।

यो फिल्मको अधिकांश छायांकन नेपालमा गरिएको छ। हिमाली भेगमा छायांकन भएको हुँदा अमिताभ बच्चन उपस्थित थिएनन्।

नेपालमा भएको छायांकनमा उनको डमी कलाकार प्रयोग गरिएको थियो। मुम्बइमा भएको छायांकनमा अमिताभले नै अभिनय गरेका छन्।

स्वयम्भू, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुक्ला, नाम्चे, मनाङलगायत ठाउँमा करिब एक महिना लगाएर फिल्मको छायाङ्कन गरिएको थियो।

नेपालकै पात्रलाई मूलकथा बनाइएको चलचित्र छायाङ्कन गर्न दुई सयको हाराहारीमा प्राविधिक भारतबाट आएका थिए। त्यसमा नेपाली प्राविधिक तथा कलाकारले समेत सहभागी भएर काम गरेका थिए।

बलिउडमा स्थापनाको ७५औँ वर्ष पूरा गरेको राजश्री प्रोडक्सनको निर्माण रहेको फिल्मलाई सुरज बडजात्याले निर्देशन गरेका छन्।

मित्रताको कथामा बनेको फिल्ममा अभिताभ, बोमन, अनुपम, नीनासँगै परिणिती चोपडा, डेनी डेन्जोङ्पा, नीना गुप्ता र सारिका हसनको मुख्य भूमिका छ। फिल्ममा नेपाली कलाकारले पनि अभिनय गरेका छन्।

यसैबीच अमिताभले दुई हात जोडेर दर्शकहरूलाई फिल्म हेर्न आग्रह गरेका छन्।

‘टिकट काटेर हलमा फिल्म हेर्नुको जुन मज्जा हुन्छ, त्यो बैग्लै हुन्छ। कृपया हामीलाई हेर्न हलमा जानुहोला। आजकल धेरै महामारी फैलिरहेको छ। त्यसैले हलमा गएर फिल्म हेर्न दर्शकहरू हिच्किचाइरहेका छन्। म हात जोडेर भन्छु, टिकट काटेर फिल्म हेरिदिनुहोस्,’ उनले भने।

Leave a Reply

%d bloggers like this: