
ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’को दोस्रो गीत ‘मुटुको ४ आना’ सार्वजनिक
काठमाडौं / महाशिवरात्रिको अवसर पारेर फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘उपहार’को दोस्रो गीत सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक ‘मुटुको ४ आना’ बोलको गीतमा समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर छ । सिनेमाको सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत तथा मुक्त उदासको शब्द रचना रहेको छ । कविराज गहतराजको कोरियोग्राफी सार्वजनिक गीतको भिडियोमा हेर्न…