Manoranjan

पोर्चुगल र दक्षिण कोरिया नकआउट चरणमा

काठमाडाैँ। फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह एचको खेलमा पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेका छन् । कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको समूह चरणको निर्णायक खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २-१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस खेलसँगै पोर्चुगल समुह विजेता र दक्षिण कोरिया उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरे…

Read More

ब्राजिल र स्वीजरल्यान्ड नकआउट चरणमा

काठमाडाैँ। फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जीचको अन्तिम खेलपछि ब्राजिल र स्वीजरल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन् । कतारमा आज भएको खेलमा ब्राजिल क्यामरुनसँग १–० गोल अन्तर पराजित भयो । खेलको इन्जुरी समयमा क्यामरुनका लागि भिन्सेन्ट अबोउबाकारले गोल गर्दै क्यामरुनलाई जीत दिलाए । यद्यपि क्यामरुनका लागि यो जीत अन्तिम १६ मा पुग्नका लागि पर्याप्त…

Read More

सन्तोष सेनविरूद्धको उजुरी चलचित्र निर्माता संघद्वारा खारेज, सेनले सामाजिक सञ्जालमै सार्वजनिक गरे प्रमाण

काठमाडाैँ। प्रेमगीत-३ का निर्माता सन्तोष सेनविरूद्धको उजुरी चलचित्र निर्माता संघले खारेज गरेको छ। संघले सेनविरूद्ध दर्ता भएको डिजिटल अधिकार उल्लंघनविरुद्धको उजुरीलाई खारेज गर्ने निर्णय गरेको हो। संघमा गत आइतबार भारतको सिक्किम निवासी रामगोपाल राईले निर्माता सेनले आफूहरुबीच भएको सम्झौता उल्लंघन गरेको भन्दै ४ करोड ८४ लाख रुपैयाँ ‘लगानी रकम फिर्ता गराइपाउँ’ भन्दै निवेदन दिएका थिए।…

Read More

विश्वकप फुटवलः जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो

काठमाडाैँ। कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरण अन्तर्गत आज भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो । स्पेनसँग समान चार अङ्क हुँदा पनि जर्मनी भने…

Read More

विश्वकप फुटबल : मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो

काठमाडाैँ। फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एफ’बाट मोरक्को र क्रोएसिया नकआउट चरणमा प्रवेश गरेका छन् भने बेल्जियम र क्यानडा जारी प्रतियोगिताबाट बाहिरिएका छन् । समूह चरणको अन्तर्गत आज भएको अन्तिम खेलपछि सात अङ्कसहित मोरक्को र पाँच अङ्कसहित क्रोएसिया क्रमशः समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भए । चार अङ्क जोडेको…

Read More

विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा

काठमाडाैँ। कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै सोही समूहबाट अष्ट्रेलिया समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा गए राति भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोलअन्तरले पराजित भए पनि फ्रान्स…

Read More

अर्जेन्टिना र पोल्यान्ड नकआउट चरणमा

काठमाडाैँ। अर्जेन्टिना र पोल्यान्ड कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा स्थान बनाएका छन् । बुधबार राति भएको खेलमा पोल्यान्डलाई २–० ले पराजित गर्दै अर्जेन्टिना समूह ‘सी’ को विजेता बनेको हो । पोल्यान्ड पराजित बाबजुद पनि उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनायो । दोहास्थित मैदान ९७४ मा अर्जेन्टिनालाई जिताउन ब्राइटनका एलेक्सिस म्याक एलिस्टर र म्यानचेस्टर…

Read More

विश्वकप फुटबल : सहज जितसहित नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा

काठमाडाैँ। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् । गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । नेदरल्यान्डस समूह ‘ए’ को विजेता र सेनेगल उपविजेताका रूपमा अन्तिम १६…

Read More

रासफोर्ड चम्कदा इंग्ल्यान्ड अन्तिम १६ मा

काठमाडाैँ। मार्कुस रसफोर्ड चम्किएको खेलमा वेल्सलाई ३–० अन्तरले पराजित गर्दै इंग्ल्यान्ड कतार फिफा विश्वकप २०२२ को अन्तिम १६ मा स्थान बनाएको छ । मंगलबार राति प्राप्त जितसँगै इंग्ल्यान्ड समूह ‘बी’को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेर शीर्ष स्थान रह्यो । वेल्स भने १ अंक जोडेर पुछारमा रहदै…

Read More

इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

काठमाडाैँ। क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले पराजित गर्दै अमेरिका कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति प्राप्त जितसँगै समूह ‘बी’बाट उपविजेताको रुपमा अमेरिका अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो । यदि हारले भने अमेरिकाको सपना समाप्त हुने थियो । जितपछि अमेरिकाले तीन खेलबाट पाँच अंक…

Read More