Manoranjan

नजिकिँदै ‘तिम्रो मेरो साथ’ रिलिजको डेट

काठमाडाैँ। नेपाली फिल्ममा सङ्ख्यात्मकरूपमा थोरै फिल्ममा अभिनय गरे तापनि स्थापित भएकी अभिनेत्री हुन् सम्राज्ञी राज्यलक्ष्मी शाह । ‘ड्रिम्स’मार्फत डेब्यु गर्दा नै फरक देखिएपश्चात उनको डिमाण्ड फिल्ममा बढ्दै गयो । यिनै अभिनेत्री शाह पछिल्लो समय अभिनेता पुष्प खड्कासँग देखिरहेकि छन् । उनि दुईले मङ्गलम, मारुनीपश्चात अभिनय गरेको तेस्रो फिल्म ‘तिम्रो मेरो साथ’ पुस २९ मा रिलिज हुँदैछ…

Read More

‘गोर्खा वारियर’को टिजर सार्वजनिक (भिडियो)

काठमाडौँ । चलचित्र ‘गोर्खा वारियर’को टिजर सार्वजनिक भएको छ। सफल निर्देशक मिलन चाम्सद्वारा निर्देशित चलचित्र गोर्खा वारियरको टिजर एक कार्यक्रमकाबीच आज सार्वजनिक गरिएको हो।  चलचित्र नेपालीसहित हिन्दी र अङ्ग्रेजी भाषामा पनि प्रदर्शन हुने छ। यो गोर्खा सैनिकको इतिहास बोकेको फिल्म बेलायतमा प्रिमियर हुने भएको छ। फिल्ममा बिजय लामा रितेश चाम्स रेबिका गुरुङलगायत कलाकारको अभिनय रहेको…

Read More

‘छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने

काठमाडाैँ। छक्का पञ्जा-४ आगामी फागनुमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने जानकारी दिए । चलचित्रले समसामयिक विषयवस्तु नै उठान गरेको उनको भनाइ छ । “चलचित्र छायाङ्कनको बाँकी काम पूरा गर्दैछौँ”, उनले भने । हेमराज विसीको निर्देशन रहेको…

Read More

फरक भूमिका रूचाउने विपीन

काठमाडौं । अभिनेता विपीन कार्की आफ्ना चरित्रमार्फत चिनिन्छन् । लूट, छड्के, पशुपतिप्रसाद, नाका, हरिलगायतमा उनले निर्वाह गरेको चरित्रले पहिचान स्थापित गर्‍यो । फिल्म ‘जात्रा’पश्चात मात्र दर्शकले चिन्न थालेता पनि जात्रैजात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै ठूलो पर्दामा स्थापित भएका हुन् । उनले हरेक फिल्ममा आफूलाई पात्रमार्फत चिनाउन प्रयास…

Read More

‘फुलबारी’को अफिसियल टिजर सार्वजनिक

काठमाडाैँ। फागुन ५ गतेलाई रिलिज मिति तोकेको फिल्म ‘फुलबारी’ अफिसियल टिजर सार्वजनिक गरिएको छ। मङ्गलबार फिल्मका निर्माण टिमले प्रचार स्वरुप टिजर सार्वजनिक गरेको हो। यस अघि निर्माण टिमले केहि पोस्टरहरु सार्वजनिक गरिसकेको छ। सार्वजनिक २ मिनेट लामो टिजरमा फिल्मका मुख्य पात्रहरु बिपिन कार्की प्रियंका कार्की, अरुणा कार्कीलाई केन्द्रमा रखिएको छ। फिल्ममा बिपिन र अरुणाले पति पत्नीको…

Read More

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

काठमाडाैँ। दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ । अर्जेन्टिना विश्वपकपको समूह चरणको पहिलो खेलमा…

Read More

‘महापुरूष’ले पार गर्यो ५१औँ दिन

काठमाडाैँ। प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको चलचित्र ‘महापुरुष’ले आज काठमाडौँसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन पार गरेको छ। कोरोना महामारीपश्चात हलमा दर्शक घट्ने अनुमान गरिए पनि यही वर्ष ‘कबड्डी ४ः द फाइनल म्याच’ पश्चात यसले ५१औँ दिन पूरा गर्दै घरेलु बक्स अफिसबाट नै रु १० करोड कमाउन सफल भएको छ। चलचित्रका लेखक तथा निर्देशक प्रदीप…

Read More

विश्वकपमा क्रोएसिया तेस्रो

काठमाडाैँ। फिफा विश्वकप फूटबल २०२२ मा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ । कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २-१ गोलअन्तरले हराउदै विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो । क्रोएसियाले खेलको सातौं मिनेटमा नै अग्रता लियो । जोस्को भार्डिओलले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर…

Read More

भारतीय कलाकार विवेक ओवरायद्वारा पशुपतिनाथमा विशेष पूजा

काठमाडाैँ। भारतीय कलाकार विवेक ओवरायले पशुपतिनाथ मन्दिरमा पञ्चामृत अभिषेकसहित विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कलाकार ओवरायले रु दुई हजार एक सयको रसिद काटी पञ्चामृत अभिषेकसहित विशेष पूजा गर्नुभएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए । विवेकका पिता सुरेश ओवराय पनि नेपाल भ्रमणका बेला पशुपतिनाथमा दर्शन एवं…

Read More

‘प्रसाद २’ को छायाङ्कन सुरु

काठमाडाैँ। फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायाङ्कन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिए । “डेढ महिनाको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेका हौँ । फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौँ भने हिमाली सुन्दरता समेत कैद गर्दैछौँ”, प्रस्तुतकर्ता थापाले भने । फिल्ममा मुहुर्तको दृश्य मुख्य कलाकार…

Read More