Manoranjan

फ्राइडे रिलिज : आजबाट ‘डाकिनी’को प्रदर्शन सुरू

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत साढे नौ करोड रुपैयाँ लागतमा बनेको चलचित्र ‘डाकिनी’ आजबाट रिलिज भएको छ । चीनमा क्राउड फण्डिङबाट चलचित्रको लगानी जुटाइएको थियो । चलचित्रको मुख्य भूमिकामा छिरिङ तासी र तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । नेपाली कलाकारमा कर्मा, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायत छन् । ४६ दिन खिचिएको सिनेमा ‘डाकिनी’ सिनेमेटोग्राफर मार्क लि पिङ…

Read More

यस वर्ष किम्फ नहुने

काठमाडाैँ । यस वर्ष काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) नहुने भएको छ । किम्फले आफ्नोे आधिकारिक वेबसाइटमार्फत सन् २०२३ को संस्करण रोकिएको जानकारी गराएको हो । महोत्सवलाई नयाँ ढाँचामा लगेर अघिल्ला वर्षभन्दा अझ राम्रो गर्ने उद्देश्यले यस वर्ष किम्फ केही समयका लागि पछि धकेलिएको संस्थाका अध्यक्ष वसन्त थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब सबै…

Read More

‘पशुपति प्रसाद २ : भष्मे डन’मा सौगातको लुक्स सार्वजनिक

काठमाडाैँ । छायांकन भइरहेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’बाट अभिनेता सौगात मल्लको पात्र लुक्स सार्वजनिक भएको छ । पशुपतिनाथ मन्दिर क्षेत्रमा छायांकन भइरहेको यो फिल्मको अब गीतको मात्रै छायांकन बाँकी छ । यसअघि भष्डे डनको भूमिकामा देखिका विपिन कार्की र स्वस्तिमा खड्काको क्यारेक्टर अवतारसमेत सार्वजनिक भइसकेको छ । आगामी साता फिल्मको छायांकन सकिने जनाइएको…

Read More

१३ वर्षमा प्रहरी अधिकृत बनेकी सोनाक्षी

एजेन्सी । रीमा कागतीको निर्देशनमा बनेको वेब सिरिज ‘दहाड’ ओटीटी प्लेटफर्म प्राइम भिडियोमा रिलिज हुँदैछ । साेनाक्षी सिन्हा स्टारर सिरिज एक्सेल इन्टरटेनमेन्ट र टाइगर बेबी प्रोडक्सनको व्यानरमा बनेको हो । यो ८ भागको क्राइम ड्रामा हो । सोनाक्षीका लागि यो डिजिटल डेब्यू हो । सिरिजमा सोनाक्षीका अलावा सोहम शाह, गुलशन देवैया र विजय बर्माको पनि अभिनय…

Read More

सर्टिफिकेट नहुँदा ब्रिटेनमा रोकियो ‘दि केरला स्टोरी’

एजेन्सी । सुदीप्तो सेनको फिल्म ‘द केरला स्टोरी’लाई लिएर भएको विवाद अब केवल भारतमामात्र सीमित रहेन, यो विवाद ब्रिटेनमा पनि पुगेको छ । ब्रिटिस बोर्ड अफ फिल्म क्लासिफिकेसन (बिबिएफसी)ले यो फिल्मलाई प्रदर्शनअघि कुनै पनि सर्टिफिकेट दिएको छैन । फिल्मले सर्टिफिकेट नपाएपछि त्यहाँका भारतीय समुदाय आक्रोशित भएका छन् । यद्यपि बिबिएफसीले बिक्री भएका सबै टिकटको पैसा फिर्ता…

Read More

नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्छ : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्ने बताएका छन् । नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) ले काठमाडौँमा आयोजना गरेको ‘नेफ्टा चलचित्र अवार्ड–२०२३’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक कार्यक्रममा चलचित्रकर्मीलाई प्रमाणपत्र वितरण गर्दै उपराष्ट्रपति यादवले नेपालको प्रचार गर्न कलाकर्मीलाई आग्रह गरे । “विदेशी चलचित्रलाई यहाँको प्राकृतिक सुन्दरताले आकर्षित गर्छ । हामीले…

Read More

नेफ्टा अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, को-को परे मनोनयनमा (सुचीसहित)

काठमाडाैँ । नेपाली चलचित्रमा काम गर्ने प्राविधिकहरूको छाता सङ्गठन नेपाल प्राविधिक सङ्घ (नेफ्टा) को एघारौँ संस्करणको चलचित्र अवार्डको उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल चलचित्रकर्मी र चलचित्र सार्वजनिक गरिएको छ । आइतबार काठमाडौँमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले मनोनयनमा पर्न सफल २५ विधाका चलचित्रकर्मीलाई प्रमाणपत्र प्रदान गरे । उनले प्राविधिक मिलेर अवार्ड गर्नु र अन्तर्राष्ट्रिय बजारमा…

Read More

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र

काठमाडौं । नेपालमा विदेशी चलचित्रले राम्रो कमाइ गरिरहँदा विदेशमा नेपाली चलचित्रले पनि आफूलाई अब्बल सावित गरिरहेको छ । गुणस्तरीय चलचित्र बनाउने मात्र होइन, विदेशमै छायाङ्कन गरेर त्यहीँ चलचित्र भवन (हल) मा प्रदर्शन भइरहेका छन् । नेपाली माटोको सुन्दरता र मौलिकता चलचित्रमार्फत देखाउने प्रयासमा चलचित्रकर्मी छन् । पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी…

Read More

कस्तो छ ‘नीरफूल’को ट्रेलर (भिडियो)

काठमाडौँ । आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । विसं २०७२ को महाभूकम्प र त्यसका कारण परिवारका सदस्य गुमाइएको कथावस्तु समेटिएको सो फिल्म कोरोना–लकडाउनका बेला हलहरु बन्द भएपछि रिलिज रोकिएको थियो । दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनीत फिल्मको निर्देशन लेखक तथा…

Read More

असारमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’

काठमाडौँ । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिको संयुक्त आयोजनामा काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा नेपाल अफ्रिका चलचित्र महोत्सव २०२३ को एघारौँ संस्करण आगामी असार १ देखि ३ गतेसम्म हुने भएको छ । प्राकृतिक र सांस्कृतिकरूपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुरा मिल्दाजुल्दा रहेकाले महोत्सव गर्ने गरिएको अध्यक्ष डा मञ्जु मिश्रले…

Read More