Sat. May 18th, 2024

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत साढे नौ करोड रुपैयाँ लागतमा बनेको चलचित्र ‘डाकिनी’ आजबाट रिलिज भएको छ । चीनमा क्राउड फण्डिङबाट चलचित्रको लगानी जुटाइएको थियो ।

चलचित्रको मुख्य भूमिकामा छिरिङ तासी र तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । नेपाली कलाकारमा कर्मा, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायत छन् ।

४६ दिन खिचिएको सिनेमा ‘डाकिनी’ सिनेमेटोग्राफर मार्क लि पिङ बिङले खिचेका हुन् । उनले मात्रै तीन करोड रुपैयाँ पारिश्रमिक लगेका लगेका थिए । कलरिष्टले प्रतिदिन पाँच हजार डलरका दरले सात दिनमा ३५ हजार डलर लिएका थिए ।

अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ नाम दिइएको यो सिनेमालाई खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)ले निर्देशन गरेका छन् । उनी बौद्ध धर्मका गुरु हुन् ।

चलचित्रमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ । चलचित्र पाटन र पनौतीमा खिचिएको छ ।

काठमाडौंमा क्याफे चलाएर बसिरहेका तिब्बती मूलका युवालाई एक दिन सपनामा केही संकेत मिल्छ । उक्त सपनाको अर्थ तिमी अब जम्मा ७ दिन मात्रै बाँच्छौ भन्ने थाहा पाएपछि उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ । अनि सुरु हुने जुँगा र दाह्रा भएकी डाकिनीको खोजी नै चलचित्रको मुख्य कथा हो ।

यसैबीच, आजै वर्षा सिवाकोटी स्टारर ‘ए साथी सुन’ पनि रिलिज भएको छ । क्राइम थिलर जानराको चलचित्रमा वर्षाको अपोजिटमा रमेश बानिया छन् । विमला गिरी पनि यो चलचित्रको मुख्य भूमिकामा छिन् । चलचित्रलाई राम राघव आचार्यले निर्देशन गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: