
जापानका तीन सहरमा गुञ्जिँदै नेपथ्य
काठमाडाैँ । शृङ्खलाबद्ध कन्सर्ट प्रस्तुत गर्न लोकरक ब्यान्ड नेपथ्य जापानतर्फ प्रस्थान गर्ने भएको छ । यसपालि राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चमा आफूलाई उभ्याउने हिसाबले १४ सदस्यीय टोली अगस्त महिनाको पहिलो साता त्यसतर्फ प्रस्थान गर्न लागेको हो । नेपथ्यले टोकियो स्थित ‘तोयोसु पिट’ मा अगस्त ८ तारिखका दिन आफूलाई प्रस्तुत…