Tue. Apr 30th, 2024

nisha and saradकेहि बर्षदेखी निकै नजिकका साथी मानिएका नायिका निशा अधिकारी र क्रिकेटर शरद भेसवाकर बेला बेलामा उनीहरु विच प्रेम सम्बन्ध रहेको कुराले निकै चर्चामा आएका थिए । त्यहि क्रममा आफुहरुको प्रेम सम्बन्ध नरहेको पृष्ट पार्दै आएकी नायिका निशा अधिकारीले आज भने आफ्नै फेसबुकबाट क्रिकेटर शरद भेसवाकर आफ्नो प्रेमी भएको सार्वजानिक गरेकी छिन् । विभिन्न कार्यक्रममा समेत एकसाथ देखिने गरेका उनीहरु प्रेम सम्बन्ध नरहेको तर आफुहरु निकै मिल्ने साथी भएको बताउदै आएका थिए । आज निशाले आफ्नो फेसबुकमा दुवै जनाको फोटो राख्दै आफुहरु प्रेमप्रेमीका भएको फेसबुकमा उल्लेख गरेकी छिन् ।

%d bloggers like this: