Fri. Apr 19th, 2024

भाद्र २० गते देखी देशभर प्रदर्शनमा आएको चलचित्र ‘बिर्खेलाई चिन्छस’ ले तिन दिनमा करिब ३५ लाख ३ हजार नेट आम्दानी गर्न सफल भएको छ । यसलाई अहिलेको अबस्थामा निकै राम्रो व्यापार मानिन्छ । हाल देशभर प्रदर्शनमा रहेको स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूरले व्यापक रुपमा दर्शक भित्राइरहेको अबस्थामा बिर्खेले पनि शनिबार देखी भने निकै राम्रो व्यापार गरिरहेको छ । प्रदर्शनमा आएको दिन सन्तोषजनक व्यापार गरेको बिर्खेलाई चिन्छसले शनिबार देखी भने देशभरका चलचित्रहलहरुमा हाउसफुल गरिरहेको छ ।

birkhaiकमेडी फिल्म भएका कारण पनि चलचित्र हेर्न दर्शकहल सम्म पुग्ने गरेका चलचित्रका निर्माता तथा कलाकार सुवास थापाले बताए । चलचित्र स्टुपिड मनले एका एक प्रदर्शन मिति सारेपछि एक्लै प्रदर्शनको मौका पाएको चलचित्र बिर्खेलाई चिन्छस अहिले करिब देशभर गरि ४० वटाहलहरुमा एकसाथ प्रदर्शनमा भइरहेको छ । बिर्खेलाई चिन्छसमा सुबास थापा,विनिता खड्का,आयुषा राई आदी कलाकारहरुको मुख्य भुमिका चलचित्रमा देख्न सकिन्छ । चलचित्रलाई कलाकार तथा निर्माता सुवास थापाले चलचित्रलाई निर्माण गरेका हुन् भने अराज केशव गिरीले चलचित्रलाई निर्देशन गरेका हनु् । चलचित्र पुर्णतया कमेडी रहेको बताइएको छ । चलचित्रमा सुबास थापालाई विभिन्न भुमिकामा देख्न सकिन्छ ।

%d bloggers like this: