Fri. May 3rd, 2024

पुष २५ गते देखी देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र आभाषको फस्टलुक पोस्टर रिलिज भएको छ । पोस्टरमा नायिका आस्मा डिसी गाडीबाट टाउको बाहिर निकालेर रमिरहेको दृश्य देख्न सकिन्छ । क्रियटिभ फिल्म एण्ड ग्लोसी पिक्चरर्सको प्रस्तुतीमा निर्माण भएको चलचित्र “आभाष” मा निशा अधिकारी,सुनिल रावल,सलोन बस्नेत,संयम पुरी, ,आश्मा डिसी,प्रकिति श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

10568808_1533869400182486_8624545309426814835_nसुरेन्द्र पौडेलको निर्देशनमा तयार हुन लागेको चलचित्र “आभाष”लाई गोविन्द शाही र दिपक शाहीले मिलेर निर्माण गरेका हुन् ।चलचित्र सुटिंग हुनु भन्दा अघि सुनिल रावलसमेत लगानी रहने भनिएको सो चलचित्रको अन्तिम समयमा आएर सुनिल रावल आफ्नै चलचित्र निर्माणमा व्यस्त हुने भए पछि गोविन्द शाही र दिपक शाहीले मात्रै “आभाष”मा लगानी गरेका हुन् ।

%d bloggers like this: