श्रीको १३ औं पुण्यतिथिको अबसरमा यसरी रसाए सबैका आखाँ (फोटो फिचर)

नेपाली सिनेनगरीका चर्चित नायक स्वर्गीय श्रीकृष्ण श्रेष्ठको आज १३ औं पुण्यतिथिमा विभिन्न ठाँउमा श्रदाञ्जली सभा कार्यक्रम आयोजना गरि सम्पन्न भएको छ । श्रावण २४ गते शनिबार भारतको एपोलो अस्पतालमा निधन भएका श्रीकृष्णका सम्झनामा आज विभिन्न ठाँउमा श्रदाञ्जली सभा आयोजना गरि श्रीकृष्णलाई सम्झीएका छन् । श्रीकृष्णले कलाकारिता क्षेत्रमा गरेको अतुलनिय योगदानको कदर गर्दै उनलाई सम्झीएका छन् । नेपाली सिनेनगरीमा १०० भन्दा बढि चलचित्रमा अभिनय गरेका श्रीले नेपाली सिनेनगरीमा धेरै सफल चलचित्र समेत दिइसकेका छन् । श्रीकृष्ण श्रेष्ठको १३ औँ दिनको पुण्यतिथिको अबसरमा काठमाडौंमा आयोजित श्रदाञ्जली सभामा उपस्थित भएका सबैको आखाँमा आँसु रसाएको देख्न सकिन्थो । संचार मन्त्री मिनेन्द्र रिजाललगायत बाक्लै कलाकर्मीहरुको उपस्थिति रहेको नयाँबजार मल्टी भेन्युमा विभिन्न व्यक्तित्वहरुले दुई मिनेटको शोक मन्तव्य व्यक्त गरेका थिए । बोल्दा बोल्दै धेरैले स्टेजमै गहभरी आखाँ पारे । कार्यक्रममा श्रीकृष्णकी धर्मपत्नी स्वेता श्रेष्ठ खड्का,श्रीको आमा,दाजु आदीको कार्यक्रममा उपस्थिति रहेको थियो । विभिन्न व्यक्तिहरुले श्रीको कामको प्रशंसा गरिरहदाँ स्वेताले गहभरी आखाँ पारेकी थिइन् । उनको सम्झनामा काठमाडौंमा मात्र होइन उपत्यका बाहिर पनि श्रीकृष्णको १३ औं पुण्यतिथिको अबसरमा श्रदाञ्जली कार्यक्रम आयोजना भएको थियो ।

10394536_704849919583404_7621114218958843309_n 10593151_704849899583406_8206663652804687984_n

10543871_10203268895376351_471982361_n 10615921_10203268896776386_1388273205_n 10637606_10203268895576356_1370632350_n shree-9