Fri. Apr 26th, 2024

यति बेला देशभर चर्चित स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूर प्रदर्शनमा छ । दर्शकहरु यति बेला कोहिनूर हेर्न हलसम्म भरिभराउ देखिएका छन् । १० दिन नाग्दा चलचित्र कोहिनूरले ५ करोड भन्दा बढिको व्यापार गरिसकको छ,यो अहिले सम्मकै उच्च हो । जुन १०० बर्ष सम्म नतोडिने रेकर्ड चलचित्र कोहिनूरले बनाएको छ । त्यहि क्रममा आज अर्थात शुक्रबार देखी दुई चलचित्र एक साथ प्रदर्शनमा आएका छन् । ति हुन चलचित्र ताण्डव र ठुली । नेपालका प्रायहलहरुमा कोहिनूर चलचित्रले हलहरु भरिएको बेला दुई चलचित्रहरुले ठाँउ खोज्दै आज देखी प्रदर्शन आरम्भ गरेका छन् । त्यस्तै चलचित्र सम्बोधनले पनि आजकै प्रदर्शन मिति तोकेको थियो तर नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूर प्रदर्शनमा आएको हुनाले श्रीकृष्णलाई श्रदाञ्जली स्वरुप चलचित्र प्रदर्शनमा नल्याइएको चलचित्र युनिटले बताएको छ । तर चलचित्र ताण्डव र ठुलीले भने शुक्रबार देखी कोहिनूर सगँ प्रतिस्पर्धा गर्दैछ । हेर्न यति बाँकी छ की कोहिनूर सगँ यि दुई चलचित्रले कस्तो व्यापार गर्ने हो ।

प्रस्तुत छ चलचित्र ताण्डव र ठुलीको बारेमा केहि जानकारी –

tandav

ताण्डव – चलचित्र ताण्डवलाई बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेका छन् । स्म्यासिङ एप्पलको ब्यानरमा बनेको ताण्डवलाई मोहन डोटेलले निर्माण गरेका हुन् । चलचित्र ‘ताण्डव’ मा र्‍यापर लाहुरे, नायिका नम्रता श्रेष्ठ, अनुप बराल, एलिन गुरुङ, विपिन कार्की, प्रमाद अग्रहरी लगायतको अभिनय रहेको छ ।चलचित्र हङकङ, जापान र युकेमा समेत प्रर्दशन गरिदैछ ।

thuli

ठुली – निर्देशक एभरेस्ट सुर्य बोहोराले निर्देशन गर्नु भएको चलचित्र ‘ठुली’लाई पुस्कर पन्तले निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्माता सुनिल बस्नेत हुन् । चलचित्रमा नायक जीवन लुइटेल, नायिका गरिमा पन्त, कन्चन ठकुरी, निला बस्नेत, बिसाल पहाडी लगायतको मुख्य अभिनय रहेको छ । ​​शेरबहादुर लामाले छायांकन गरेको चलचित्रमा बसन्त सापकोटाको संगीत, सुरेन्द्र बिक्रम शाहको द्वन्द्व,बसन्त श्रेष्ठको नृत्य तथा मित्र गुरुङको सम्पादन रहेको छ । चलचित्रमा काठमाडौँ चितवन लगायतका विभिन्न स्थानमा छायांकन गरिएको थियो ।

%d bloggers like this: