Tue. Apr 30th, 2024

‘यस्तै रहेछ जिन्दगी’ चलचित्रबाट नेपाली रजटपटमा भित्रिएकी नायिका अरुणीमा लम्साल आज बाट ३३ बर्षमा प्रवेश गरेकी छिन् । केहि सफल चलचित्र समेत दिइसकेकी नायिका अरुणीमा पछिल्लो समय प्रदर्शनमा आएका उनको चलचित्रले राम्रो व्यापार गर्न नसकेपछि यति बेला उनी आफ्नो छोरीको लालनपालनमै व्यस्त छिन् । छोरी जन्माएपछि अरुणीमाले ‘उर्वशी’ र ‘पिपल’ तथा एउटा सर्ट फिल्ममा अभिनय गरेकी थिइन् ।

images

तर ति चलचित्रले सोचे अनुरुपको भने व्यापार गर्न सकेन् र यति बेला अरुणीमाको हातमा एउटा चलचित्र समेत छैनन् । आज उनले आफ्नो ३३ औं जन्मदिनको अबसरमा घर तथा माइतीका पारिवारीक सदस्यहरुसँग आफ्नो जन्मदिन मनाउदैछिन् । बालकोट घरमा साँझ घर तथा माइतीका सदस्यहरुबिच अरुणीमाले आफ्नो जन्मदिनको केट काट्नेछिन् । गत वर्ष उनले आफ्ना समकालिन कलाकारसँग दरबार मार्गको एक क्याफेमा केक काटी जन्मदिन मनाएकी थिइन् ।
अरुणीमालाई जन्मदिनको मनोरञ्जनसंसार डटकमको तर्फबाट पनि हार्दिक शुभकामना ।

%d bloggers like this: