Tue. Apr 30th, 2024

बलिउड स्टार शाहरुख खानको पछिल्लो चलचित्र हैप्पी न्यू ईयरको ट्रेलर रिलिज भएको छ । फिल्ममा शाहरुख खान एक चार्ली नामक भुमिकामा देखिएका छन् । फिल्मको ट्रेलर निकै धमकेदार रहेको छ । फिल्ममा दिपिकाले एक डान्सरको भुमिका निभाएकी छिन् भने उनको चलचित्रमा दिपिकाको नाम माहिनी छ ।

48606-hny-5400

ट्रेलर रिलिज भएपछि कार्यक्रममा बोल्दै शाहरुख खानले भने यो त ट्रेलर हो,पिक्चर त अहिले पनि बाँकी नै छ । फिल्मलाई फराह खानले निर्देशन गरेका हुन् । फिल्ममा शाहरुख खान,दीपिका पादुकोण,अभिषेक बच्चन, सोनू सूद, बोमन इरानी र विवान शाह मुख्य भूमिकामा देखिने छन् । हैप्पी न्यू ईयर फिल्म दिपावलीमा प्रदर्शन हुदैछ । हैप्पी न्यू ईयरलाई रेड चिलीज इन्टरटेन्मेन्ट प्रा.ली ले निर्माण गरेको हो । फिल्ममा एक डान्स कम्पिटिसनको जित्नका लागी दिपिकाले शाहरूख खान, अभिषेक बच्चन, बोमन इरानी, सोनू सूद र विवान शाहलाई डान्स सिकाउने छिन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=JGHwANkQFrg

%d bloggers like this: