Tue. Apr 30th, 2024

काठमाडौं । नेपाली समाजमा धेरै थरीका मान्छेहरु हुन्छन् कोहि गरिब हुन्छन्,कोहि धनी हुन्छ तर मान्छेको परिचय भने मान्छे नै हुन्छ । त्यसै विषयमा आधारित भएर एक चलचित्र निर्माण हुने भएको छ चलचित्र “मान्छे” । नेपाली समाजमा भएका राम्रा नराम्रा कुराहरुलाई चलचित्रमा देखाइने चलचित्र युनिटले बताएको छ ।
manche
आज काठमाडौमा पत्रकार सम्मेलन गरि चलचित्र “मान्छे” निर्माण हुन लागेका बारे जानकारी गराइएको थियो । अजय अधिकारीको निर्माण,निर्देशन,कथा,पटकथामा निर्माण हुन लागेका चलचित्र “मान्छे”मा नायिका प्रियंका कार्की,अजय अधिकारी,किरण केसी,सुरविर पण्डित,बसुन्धारा भुषाल,लक्ष्मी गिरी,बाल कलाकार अमृत बास्तोलाहरुको चलचित्रमा मुख्य भुमिका रहने बताइएको छ ।
काठमाडौं र केहि दृश्य काठमाडौं बाहिर छायंकन हुन लागेका चलचित्र “मान्छे” अषाढ महिनाको अन्तिम हप्तातिर छायंकनमा जाने बताइएको छ ।

%d bloggers like this: