Tue. Apr 30th, 2024

कसैलाई एउटा क्षेत्रमा बाच्न गाह्रो हुन्छ तर केहि व्यक्ति यस्ता पनि छन् जो धेरै क्षेत्रमा हात हालेर धेरै क्षेत्रमा सफल्ता हासिल पनि गर्ने सकेका छन् । त्यस्तै एक बलिउड नायिका हुन परिणीति चोपडा । जो बलिउडकी नायिका मात्र नभई एक उनी बैकिङ्ग क्षेत्रमा समेत संगलग्न छिन् । उनले भारतीय एक समाचार एजेन्सीलाई भनेकी छिन् ‘यदि मेरो फिल्मी करियर विफल भए आफु बैकिङ्ग क्षेत्रमा लाग्ने बताएकी छिन् ।
 
parinita
 
‘ यशराजको चलचित्र ‘लेडीज वर्सेज रिकी बहल’ चलचित्रबाट बलिउड रजतपटमा भित्रिएकी परिणीति चोपडा दुवै क्षेत्रमा नाम र दाम कमाउने सुरुमा देखिन्छिन् । २५ बर्षिय परिणीति भन्छिन् ‘म सगँ एउटा विकल्प छ र त्यस्तो विकल्प सबै सगँ हुन आबश्यक पनि छ । यदि मेरो फिल्म करियर धरापमा परे आफु बैकिङ्ग क्षेत्रमा लाग्ने खुलाएकी छिन् ।’ उनले भनिन् ‘मेरो घर चलाउनका बैकिङ्ग मेरो उचित सुरक्षा हो ।’
परिणीति चलचित्रमा लाग्नु अधि देखी नै बैकिङ्ग क्षेत्रमा संगलग्न थिइन । उनलाई ‘इश्कजादे’, ‘शुद्ध देशी रोमांस’ ओर ‘हंसी तो फंसी’ जस्ता चलचित्रले उनलाई राम्रो प्रशंसा पनि मिल्यो तर उनलाई अझै पनि लागिरहेका छ कि यस क्षेत्रमा सुरक्षित भविष्य छैन् । उनले चलचित्रक्षेत्रमा काम गर्न चाहाने व्यक्तिलाई भनेकी छिन् ‘यदि कसै सगँ पनि प्रतिभा छ भने आउनुहोस तर एउटा कुनै विकल्प हुन आबश्यक छ किनकी चलचित्रक्षेत्रको भर नै हुन्न कहिले के हुन्छ हु्न्छ । त्यसैले भोली यस क्षेत्रमा टिक्न गाह्रो परे अरु विकल्प हुन आबश्यक छ ।’

%d bloggers like this: