Sat. Oct 26th, 2024

काठमाडौं । नेपाली हास्य व्यग्यका क्षेत्रमा निकै लामो समय देखी क्रियाशिल हाँस्यकलाकार सिताराम कट्टेल र चपलि हाइट बाट रंगिन दुनियामा प्रवेश गरेकी तथा गोलभेडा खेती गर्दै आएकी नायिका विनिता बराललाई आज काठमाडौंमा नेपाल कृषि पत्रकार प्रतिष्ठानले कृषि क्षेत्रमा निकै ठुलो योगदान गरेको भन्दै “राष्ट्रिय सदभाब दुत”ले सम्मान गरिएको छ ।नेपाल सरकारका कृषि मन्त्री हरिप्रसाद पराजुलीले खादा ओडाएर सम्मान गर्नुभएको थियो ।
sitaram-binita
सम्मान पछि कार्यक्रममा बोल्दै हाँस्य कलाकार सिताराम कट्टेलले कृषकहरुलाई कृषिपेशामा धेरै कठिनाइहरु हुने गरेको बताउदै कृषि क्षेत्रलाई नेपाल सरकाले प्रोत्साहान गर्दै लगे यस क्षेत्रमा निकै राम्रो सम्भाबना रहेको र कृषि क्षेत्रलाई व्यवसायीक बनाउनुपर्नेमा जोड दिए । कृषि क्षेत्रले देशको अर्थतन्त्रमा निकै ठुलो योगदान पुराउने भएका कारण कृषिलाई नै एक आस्थाको केन्द्रविन्दु बनाउनु पर्नेमा जोड दिए ।