Thu. May 2nd, 2024

ब्राजिलमा हुने विश्वकप फुटबलको रापले अहिले विश्वलाई तताईरहेको छ । फिफा विश्वकपमा ३२ वटा देशका टिम सहभागी हुने भएपनि विश्वका सबैजसो देशलाई विश्वकपको रापले तताईरहेको छ । यो तातो रापमा नेपाली पनि बिभिन्न देशका समर्थनमा दिल खोलेर हुटिङ गर्ने तयारीमा छन् ।

राजधानी काठमाडौंका बिभिन्न स्थानमा विश्वकप फुटबलको मजा लुट्न ठूला स्कृन भएका टेलिभिजनहरुमा दर्शकलाई झुम्म पार्ने तयारी भैरहेको छ । फुटबलका फ्यानहरु बिभिन्न देशको जर्सी लगायर ती देशको पक्षमा माहोल बनाउ कस्सिएर लागेका छन् ।

नेपाली फ्यानहरु खासगरी ब्राजिल, अर्जेन्टिना, स्पेन, जर्मनीको पक्षमा धेरैछन् भने पोर्चुगल, इंग्ल्याण्डको पक्षमा पनि छन् ।
हामीले नेपाली फिल्मी तथा सांगितिक क्षेत्रका कलाकारहरुमध्य कसको पक्षमा को छन् भनेर बुझ्ने प्रयास गरेका छौं ।

ब्राजिलको पक्षमा
पूर्व मिस नेपाल तथा नायिका मलिना जोशी
नायिका रेखा थापा
नायिका सुश्मा कार्की
कलाकार दिपाश्री निरौला
गायक कृष्णसमिप सुवेदी
गायक बादल प्रसाई
कलाकार जितु नेपाल
कलाकार राम सिटौला
अर्जेन्टिनाको पक्षमा malina-joshi
नायिका निशा अधिकारी
कलाकार दिपकराज गिरी
नायिका केकी अधिकारी
गायक हेमन्त शर्मा
कलाकार सरोज केसी

स्पेनको पक्षमा
नायिका नम्रता श्रेष्ठ
नायिका प्रियंका कार्की
नायिका आशिस्मा नकर्मी
गायक बिरही कार्की
कलाकार राज आचार्य

%d bloggers like this: