Thu. Apr 25th, 2024
काठमाडौं । म्युजिक खबर डटकमले आयोजना गर्न लागेको तेस्रो संस्करणको ‘म्युजिक खबर म्युजिक अवार्ड’मा यस वर्ष ‘म्यूजिक खबर बाल प्रतिभा प्रोत्साहन पुरस्कार’बाट बाल गायक प्रेम परियार र ‘म्यूजिक खबर पत्रकारिता पुरस्कार’बाट पत्रकार तुलसी गिरी भावुकलाई पुरस्कृत गरिने भएको छ ।
अवार्ड आगामी असार १ गते राजधानीमा हुँदैछ ।परियारलाई गायनको क्षेत्रमा शिखर चुम्ने प्रोत्साहन दिनका लागि ताम्रपत्रद्वारा सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको आयोजकले गनाएका छन् । परियारले आफ्नो बालापनमै संगीत क्षेत्रमा स्वरको मधुर्यता पस्कन सफल भएकै कारण म्यूजिक खबर बालप्रोत्साहन सम्मान दिन लागिएको जानकारी आयोजक संस्थाका अध्यक्ष सुमन वैरागीले दिए ।
त्यस्तै पत्रकार गिरीलाई संगीत पत्रकारिताको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएवापत ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिन लागिएको हो । गिरीले २०४५ सालबाट नेपालभूमी साप्ताहिकमा कलाजगत स्तम्भबाट रंग पत्रकारिता सुरु गरी विगत दश वर्षदेखि म्यूजिक डायरीको प्रधानसम्पादकको रुपमा काम गर्दै आएका छन् ।
सन् २०१३ मा बजारमा आएका गीतसंगीतलाई सहभागी गराएर आयोजना गरिएको यस अवार्ड पत्रकारिताको क्षेत्रमा क्रियाशील संस्था म्यूजिक खबर डटकमले विगत तीन वर्षदेखि आयोजना गर्दै आएको छ । आधुनिक, लोकदोहोरी, चलचित्र, पप र राष्ट्रिय भावका गीतसंगीतलाई सहभागी गराएर विभिन्न २९ विधामा अवार्ड आयोजना गर्न लागिएको हो ।
%d bloggers like this: