Mon. Dec 30th, 2024

फ्रान्समा जारी कान्स फिल्म फेष्टिबलका अध्यक्ष जाइल्स जैकबले इरानी अभिनेत्री तथा फेस्टिबलकी जुरी सदस्य लीला हातामीलाई गालामा चुम्बन गरेपछि उक्त कुरा निकै विवादित बनेको छ । जैकबले उक्त विषयमा बोल्दै पश्चिमा मुलुकमा चुम्बन गर्नुलाई आम शिष्टाचार मानिए पनि इरानी मिडियाले त्यस कुरालाई महिलाको अपमान बताएकोमा आश्चर्य व्यक्त गरेका छन् । ‘मैले मिसेज हातामीको गालामा चुम्बन दिएको थिएँ, त्यो बेला उनी केवल हातामी मात्र थिईनन्, मेरा लागि समग्र इरानी सिनेमाकी प्रतिनिधि पनि थिईन् ।’ जैकबले ट्वीटरमा ट्वीट गरेका छन् । विवादका विषयमा जैकबले
पश्चिममा सहज शिष्टाचारको यो शैलीलाई विवादको विषय नबनाउनुपर्नेमा जोड दिएका छन् । इरानका सांस्कृतिक मामलाका उपमन्त्री होस्नी नौशाबादीले फिल्म फेस्टिबलमा हातामीको उपस्थिति धार्मिक मान्यताको उल्लंघनको रुपमा रहेको बताए ।
फिल्मी पृष्ठभूमि परिवारमा जन्मिएकी हातामस् असगर फरहादीको फिल्म ‘ए सेपरेशन’मा अभिनय गरेर विश्वभर चर्चित बनेकी थिईन् । यो फिल्मले सन् २०१२ मा विदेशी भाषाको फिल्म विधामा ओस्कार एकेडेमी अवार्ड प्राप्त गरेको थियो । हातामी अभिनेता पति अली मोसाफासँग इरानमा बस्दै आएकी छन् । इरानको कट्टरपन्थी युवा जर्नालिष्ट क्लबले हातामीले जैकबतर्फ हात बढाउनु पनि गैर परम्परागत व्यवहार भएको जनाएको छ । बीबीसी वल्र्ड सर्विसकी मिडिल इष्ट सम्पादक सबेबेस्टियन उशरका अनुसार हातामीले शीरमा स्कार्फ लगाए पनि उनको घाँटी चाहिँ छोपिएको थिएन । हातामी फेस्टिबलको पाल्मे द ओर प्राइज जुरीको पाँच महिला सदस्यमा एक थिईन् ।