Thu. Apr 25th, 2024

नेपाली चलचित्रहरुले एक पछि अर्को गर्दै राम्रो व्यापार गरिरहेका बेला सुवास कोइरालाको निर्देशनमा रहेको आवरण चलचित्रले पनि राम्रो कमाई गरेको छ । निर्माण पक्षका अनुसार चलचित्र आवरण एक एक देशव्यापी रुपमा राम्रो कलेक्सन गर्न सफल भएको छ ।

गत शुक्रबार रिलिज भएको चलचित्र आवरणले २४ लाख ५० हजार रुपयाँ कलेक्सन गरिसेको निर्माण पक्षले जनाएको छ ।
यस अघि नाई नभन्नु ल–२ मा चर्चाको शिखरमा रहेका कलाकारहरुकै बाहुल्यता रहेको चलचित्र आवरणको निर्देशन नयाँ पुस्ताका निर्देशक सुवास कोइरालाले गरेका छन् ।

पाँच जना निर्माताहरुको सामूहिक निर्माण रहेको आवरणको लेखन अनिल योञ्जनले गरेका हुन् भने प्रियंका कार्की, नायक दिव्य देव, राजन निशान्त, नरेश पौडेल, रश्मी भट्ट, अनुभव रेग्मी, सुशीलराज पाण्डे लगायतका कलाकारको अभिनय छ ।

%d bloggers like this: