Sat. Oct 26th, 2024

–एसबि शाह
न्युयोर्क, फागुन २८ । चार वर्ष अमेरिका बसाइपछि चर्चित अभिनेत्री गौरी मल्ल नेपाल फर्किने भएकी छिन् । मल्ल अमेरिका नफर्किने गरी बुधबार नेपाल फर्किन लागेकी हुन् । आमा विरामी भएका कारण तत्काल नेपाल फर्किन लागेकी उनी फेरि फिल्ममा फर्किने भएकी छिन् ।
लामो न्युयोर्कबसाईपछि नेपाल फर्कन लागेकी मल्ललाई विदाई गर्न सोमबार न्युयोर्कमा युनाइटेड नेप्लिज आर्टिस्ट एसोसियसन अमेरिकाले एक कार्यक्रमको आयोजना गरेको थियो । गौरी यस संस्थाकी संस्थापक अध्यÔ समेत हुन् । विदाई कार्यक्रममा बोल्दै गौरीले भनिन्, ‘डाक्टरहरुले तपाईको आमा अहिले कुन संयोगले बा“चिरहनुभएको छ हामी नै आश्चर्यमा छौं भनेर भनेका छन् । मेरो बुबाआमाका अगाडि संसारको कुनै पनि सुख मेरा लागि अर्थहिन छ । जस्तो सुकै सुख होस् मलाई चाहिन्न । मेरो खुशी भनेको मेरो बुबाआमा नै हो । त्यसैले म नेपाल जा“दैछु ।’ डाक्टरहरुले बा“च्ने चान्स आधाआधा रहेको बताएको जानकारी दिँदै आफ्नो अनुपस्थीतिमा आमाले अपरेशन गर्न नमानेको बताएकी छिन् ।

अमेरिका निवासीलाई सम्बोधन गर्दै भनिन्, ‘तपाईँहरुसँग भेट हुन लेखिएको रहेछ भनेपनि दुई वर्षपछि हुनसक्छ ।’ उनले आफू अध्यÔ रहेको संस्था युनाइटेड नेपलिज आटिस्र्ट एसोसियसन अमेरिकाको अध्यÔ पदबाट पनि राजिनामा गरेको जनाइन् ।
नेपालमा फर्केपछि फिल्म अभिनयलाई निरन्तरता दिने बताएकी छिन् । उनले भनिन्, ‘यो फिल्म निर्माणका लागि मलाई पा“चवर्Èदेखि उनीहरुले कुरेर बसेका छन् । फिल्मको नाम नै गौरी हो । मुख्य पात्रको रुपमा म रहेकी छु । कथा पनि एकदमै राम्रो छ । त्यो मेरो ड्रिम प्रोजेक्ट पनि हो । म पनि त्यो प्रोजेक्ट छाड्न चाहन्न । पारिवारिक समस्या समाधान भइसकेपछि त्यो प्रोजेक्टमा लाग्छु ।’
कायक्रममा उपस्थीत कलाकारहरुले निकै भावुक हुदै खादा ओढाएर गौरीको विदाई गरेका थिए । गौरी मल्लसगै अर्का चचिर्त कलाकार रमेश उप्रेतीपनि लामो समयका लागि नेपाल फर्कदै छन् । उप्रेतीले गौरीमल्ललाई इंकित गर्दै भने, ‘जुन व्यक्ति जहा“ उपयुक्त हुन्छ त्यही बस्नुपर्छ । नेपाली फिल्म उद्योगमा अहिले उहा“को खा“चो छ ।’ उनले करिश्मा मानन्धरलाई नेपाल फर्कनका लागि अनुरोध गर्ने आफै भएको बताएका छन् ।

gauri malla 5 gauri malla 4