निर्माता संघको तेह्रौं साधारणसभा सम्पन्न

चलचित्र निर्माता संघको तेह्रौं साधारणसभा सम्पन्न भएको छ । राजधानीको प्रज्ञा भवनमा शनिवार साधारण सभा सम्पन्न गरेको हो । संघका कार्यसमितीका सदस्य सहित थुप्रै निर्माताहरु उक्त कार्यक्रमा उपस्थित देखिए ।
कार्यक्रममा नेपाली फिल्म छेत्रको प्रतिनिधित्व गर्दै संविधान सभाको निर्वाचनमा बिजयी भएका सभासद तथा हल सञ्चालक रामवीर मानन्धरलाई सम्मान समेत गरिएको थियो । त्यस्तै एक लाख रूपैयाँको शिव रेग्मी चलचित्र पुरस्कार अक्षय कोष खडा गरेका निर्माताहरु विरेन श्रेष्ठ र सुनिल सिटौलालाई पनि कार्यक्रममा सम्मानित भए ।
साधारण सभामा बोल्दै सभासद रामवीर मानन्धरले फिल्म क्षेत्रकोका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
बरिस्ठ फिल्मकर्मी निर शाहले नेपाली फिल्म उद्योगमा हरेको किसिमको गुटबन्दी रहेको भन्दै सबैले सबैको अस्तित्व स्वीकारेर अगाडि बढ्नुपर्ने बेला भएको बताए र हिन्दी फिल्ममा कर लगाई नेपाली फिल्मको लाभ चाही निर्मातालाई नै बुझाउन पर्ने पनि उनको माग थियो। फिल्म सम्बन्धी विविध संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको साधारण सभालाई सबैले सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Back To Top