Tue. Apr 30th, 2024

काठमाडौं, ११ माघ । पाँच जना हिरो लिएर चलचित्र ‘पाण्डव’ बनेको थियो । त्यस्तै सात वटी हिरोइनको ‘इन्द्रेणी’। ११ जना हिरो भएको चलचित्रलाई के भन्ने त ? यहाँ ‘बीर गोर्खाली’ भनिएको छ ।
११ जना हिरो राख्ने भनिएको चलचित्र ‘बीर गोर्खाली’ को शनिबार एक कार्यक्रमका बीच घोषणा गरिएको छ । बीर गोर्खालीको गाथा चित्रण गरिने भनिएको ‘बीर गोर्खाली’ हाइट एण्ड डेफ्ट फिल्म कम्पनीको कार्यालय उद्घाटनसँगै चलचित्र ‘बीर गोर्खाली’ निर्माणको घोषणा गरिएको हो । कम्पनीको उद्घाटन ‘दि गोर्खाज्’ र ‘कौटिल्य’ जस्ता गोर्खाली गाथा समेटिएको पुस्तक लेखेका भारतीय सेनाका ब्रिगेडियर चन्द्रबहादुर खण्डुरीले गरेका थिए ।
कार्यक्रममा नेपाल–भारत मानव विकाश एवं मैत्री संघका केन्द्रीय अध्यक्ष तथा गान्धी ग्लोबल फेमिली नेपालका अध्यक्ष सुर्य भुषाल, अभिनेता आयुष रिजाल, गरिमा पन्त, रुपा राणालगायतको उपस्थिति थियो ।
चलचित्र ‘वीर गोर्खाली’ लाई बिमल पौडेलले निर्देशन गर्ने भएका छन । रामहरी श्रेष्ठको निर्माण रहने चलचित्रमा आयुष रिजाल, ईन्द्र गुरुङ, गरिमा पन्त, रुपा राना, शम्भु थापालगायतको अभिनय रहने भएको छ । चलचित्रमा ११ जना हिरो रहने निमाृणपक्षले जनाएको छ । चलचित्र २२ माघबाट फ्लोरमा जाने बताइएको छ ।

%d bloggers like this: