Sun. Dec 22nd, 2024

काठमाडाैँ । निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ को छायाङ्कन सम्पन्न भएको छ । छायाङ्कन सुरु भएको ३६ दिनमा चलचित्रको छायांकन सकिएको छ । ४० दिनको सेडुल बनाएर छायाङ्कनमा निस्किएको फिल्म ४ दिन अगावै सकिएको हो ।

सोमबार काठमाडौँको पिंगलास्थानस्थित नेपाल फिल्म क्याम्पसमा फिल्मको अन्तिम दृश्य खिच्दै फिल्मको ‘इन्ड क्ल्याप’ गरिएको हो । फिल्म काभ्रेको पाँचखाल र काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भएको छ ।

जनता र शक्तिको कथामा बनेको फिल्मको आगामी कात्तिक २४ गते प्रदर्शन मिति तय भएको छ । फिल्म मार्फत निश्चल ६ वर्षपछि निर्देशनमा कम ब्याक गरेका हुन् । फिल्ममा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा र विजय बरालको मुख्य भूमिका छ ।

‘दिमाग खराब’मा आकाश बरालको पटकथा लेखन रहेको छ । ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण हुने फिल्ममा निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ । फिल्मको निर्मातामा रौनक विक्रम कँडेल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् ।

Leave a Reply