अनमाेलको ‘२.० छड्के’ फागुन १९मा रिलिज हुने

काठमाडाैँ। अनमोल केसी अभिनीत फिल्म ‘२.० छड्के’ को प्रदर्शन मिति घोषणा गरिएको छ।

मंगलबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो। यो फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुनेछ।

सार्वजनिक पोस्टरमा अनमोललाई ग्याङस्टार लुक्समा प्रस्तुत गरिएको छ। उनीसँगै केही केटाहरू पनि बुलेट बाइक चलाइरहेका छन्।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनमोलका साथै रोविन तामाङ र कमलमणि नेपाल मुख्य भूमिकामा छन्। अन्य कलाकार भने निर्माण पक्षले सार्वजनिक गरेको छैन।

काभ्रे फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन्। निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन्।

६० दिनको छायांकन तालिका रहेको फिल्म चितवन र मुस्ताङमा खिचिएको हो।

Leave a Reply

Back To Top