Thu. Jan 23rd, 2025

काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलोरले साविक विजेता तथा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणमा रोमाञ्चक विजयी सुरुवात गरेको छ । आज भएको खेलमा विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोरसँग मुम्बई दुई विकेटले पराजित भएको हो ।
शुक्रबार राति चेन्नइमा सम्पन्न खेलमा बैंग्लुरुले मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको हो । रोमाञ्चक खेलमा बैंग्लुरुका एबी डिविलियर्स​ले सर्वाधिक ४८ रनको योगदान दिए । यस्तै ग्लेन माक्सवेलले ३९, कप्तान विराट कोहलीले ३३ रनको योगदान दिँदा वासिंगन सुन्दरले १० रनको योगदान दिए ।
टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बई टीमले २० ओभरको खेलमा ९ विकेट गुमाएर १५९ रन बनायो । १६० रनको जुन लक्ष्य बैंग्लुरुले अन्तिम बलमा ८ विकेट खर्चिएर पुरा गरेको हो ।
आजको खेलमा ब्याटिङतर्फ मुम्बईका लागि क्रिस लिनले सर्वाधिक ४९ रन बनाए भने इशास किसानले २८ र कप्तान रोहित शर्माले १९ रन बनाए । यस्तै सूर्य कुमार यादवले ३१ र हार्दिक पाण्डेले १३ रनको योगदान दिँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । आईपीएलको अर्को खेल आज चेन्नइ सुपर किग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ । ‌

Leave a Reply