Sun. Jun 23rd, 2024

काठमाडाैँ । अभिनेत्री तथा निर्माता श्वेता खड्का ‘प्रवल जनसेवा चतुर्थ श्रेणी’ पदकबाट विभुषित भएकी छिन् । शुक्रबार एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले अभिनेत्री खड्कालाई उक्त प्रमाणपत्र हस्तान्तरण गरेकी छन् ।
उक्त पदकबाट विभुषित भएपछि अभिनेत्री खड्काले राष्ट्र र समाजको लागि अझै शसक्त भएर अगाडी बढ्न थप प्रेरणा मिलेको प्रतिक्रिया दिएकी छिन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कर्म गरे फल पाईंदो रहेछ । आज सम्माननीय राष्ट्रपती बिद्यादेवी भण्डारी ज्यु मार्फत ‘प्रवल जनसेवा चतुर्थ श्रेणी’ पदकबाट विभुषित हुँदै गर्दा मलाई मेरो राष्ट्र र समाजको लागि अझै शसक्त भएर अगाडी बढ्न थप प्रेरणा मिलेको छ । मेरो कर्तब्य पथमा आईपर्ने समस्या, चुनौती,बाधा अनि अड्चनहरुलाई पन्छाउँदै निरन्तर पाईला चालिरहन उत्साहित गर्ने यो पदकको मान र मर्यादालाई कायम राख्ने बाचाका साथ नेपाल सरकार लगायत मलाई साथ , सल्लाह , सुझाव र हौसला प्रदान गर्ने सम्पुर्ण ईष्ट-मित्र, संचारकर्मी , सहकर्मी लगायत सम्पुर्ण शुभचिन्तकहरु प्रती हार्दिक आभार ब्यक्त गर्दछु ।’
त्यसैगरी, कलाकार तथा निर्देशक दिनेश डिसी पनि “प्रबल जनसेवा श्री “ पदकबाट विभूषित भएका छन् ।

Leave a Reply

%d bloggers like this: