Tue. Apr 30th, 2024

काठमाडौं, १४ पुस । समानुपातिकमा नअटाएपछि एमालेका अरु नेताले आक्रोश जनाइरहेका छन् । यही अवस्थामा प्रत्यक्षबाट टिकट खोसिएर समानुपातिकमा राखिएका भुवन केसी पनि एमाले पार्टी प्रति असन्तुष्ट रहेको चर्चा चलिरहेको छ । तर, भुवन केसी आफैले भने पत्रकार सम्मेलन गर्दै सभासद बन्न नपाएपनि पार्टीको निर्णय खुशीसाथ स्वीकारेको बताएका छन् । रिपोर्टस क्लब गरिएको पत्रकार सम्मेलनमा उनले भने, ‘प्राविधिक कठिनाइले म सभासदको सूचीमा अटाइनँ ।’
उनले पहिले प्रत्यक्ष र त्यसपपछि समानुपातिकमा आफूलाई समावेश गरेर एमालेले कलाजगत्को सम्मान गरेको बताए । यो समय आफ्नो लागि पद प्राप्त गर्न भन्दा पनि राजनीतिक अध्यनका लागि महत्वपूर्ण भएको बताउदै आफूजस्तै कटिबद्ध कार्यकर्ताका कारण पार्टीले यो स्वरुप प्राप्त गरेको दाबी गरे । उनले भने, ‘म जुन क्षेत्रमा प्रचारका लागि पुगेको थिएँ, त्यहाँ एमालेले जितेको छ । यस कारण पनि मैले एमालेलाई समर्थन गरेकोमा गर्व गर्छु ।’
उनले आफू एमालेमा पदका लागि नभइ पार्टी विचार र सिद्धान्तबाट प्रभावित भएर प्रवेश गरेको पनि जानकारी दिए । आफू संविधानसभा भित्र नभएपपनि पार्टीमा रहेकाले नेपाली कलाजगत्का कुरा संविधानमा समेट्न भूमिका निर्वाह गर्ने बचन पनि दिएका छन् ।

%d bloggers like this: