Sun. May 19th, 2024

नेपाली गायक शिव परियार अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटीकाउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ बाट सम्मानित भएका छन् । गायक परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित हुने संभवत: पहिलो नेपाली कलाकार हुन् ।

पुरस्कार जर्सीसिटीकी प्रतिनिधि क्याथरिन तान्जे, जर्सी सिटी शहरको मेयरकी सल्लाहकार डा. विष्णु माया परियार, जर्सी सिटी डेमोक्रेटिक पार्टीकी निर्वाचित सदस्य रेणु शर्मा सापकोटा र एनआरएन न्यू जर्सीच्याप्टर प्रेसिडेण्ट समिर बुढाथोकीले संयुक्तरूपमा गायक परियारलाई प्रदान गरेका थिए। गायक परियारले आफ्नो २६ वर्षको सांगितिक यात्रामा ५०० भन्दा बढी गीत गाईसकेका छन् भने १० वटा गिती एल्वम सार्वजनिक गरेका छन् ।

merofilm.com

Leave a Reply

%d bloggers like this: