Mon. May 12th, 2025

फिल्म ‘गोपी’ युट्युवमार्फत सार्वजनिक भएको छ । प्रदर्शनको करिव एक बर्षमा निर्माण टिमले दर्शकका लागि फिल्म ओएसआरको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो । यस अघि फिल्म आइफ्लिक्समा राखिएको थियो ।

विपिन कार्की, सुरक्षा पन्त र बर्षा राउतका साथ फिल्ममा अंकीत खड्का, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ति सिमली, हिउँबाला गौतम, सरोज अर्याल, इन्द्रजित चौलागाईं, केशव राई, कमल मणि नेपाल, अपूर्व गौतम, गणेश मुनाल राम बाबु गौतम लगायतको अभिनय रहेको छ । आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् भने पटकथा सामिप्यराज तिमल्सेनाको रहेको छ । आरोही केसीको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । फिल्ममा शैलेन्द्र डि कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

merofilm.com

Leave a Reply