फिल्म ‘चालबाज’को शुभसाइत दार्जिलिङमा भएको छ । फिल्ममा अभिनेत्री केकी अधिकारी र अभिनेता बुद्धि तामाङसंगै नव–नायक अविनाश प्रधान मुख्य भूमिका रहनेछन्।
शुक्रबार शुभसाइत गरिएको पिल्म‘चालबाज’को निर्देशन कैलाश राइले गर्ने भएको छ भने अरुण तामाङले लगानी गर्ने बताएको छ । सौरभ इन्टरनेन्मेन्ट र बालाली प्रोडक्शनको ब्यानरमा निमार्ण हुन लागेको फिल्मको छायांकन शनिबारदेखि हुने निर्माता टोलीले बताएको हो ।
सौरभ लामाले छायांकन गर्ने फिल्ममा दीपक शर्मा र अगोम गुरुङको संगीत, विपिन किरणको शब्द रहनेछ। अभिनेता बुद्धिसंगै अभिनेत्री केकी र अविनाश महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङ लगायतले अभिनय गर्नेछन्।
news24nepal.tv