कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्ने ‘म’ फिल्मको घोषणा भएको छ । परिच्छेद सेनको निर्देशनमा तयार हुने फिल्मको सोमबार राजधानीमा आयोजीत एक कार्यक्रमका विच जानकारी दिइयो ।
परिच्छेदले फिल्मले हरेक व्यक्तिको कथा भन्ने बताए । फिल्ममा विजय लामा, सरिता लामिछाने, रेवती क्षेत्री, कुसुम गुरुङ, रेविका गुरुङ अनिल कँडेल, सन्जोग रसाइलीको अभिनय रहनेछ । फिल्ममा बाल–कलाकारको रुपमा उनव श्रेष्ठ र सम्पन्न ढकालले काम गर्दैछन् । कान्तिपुर फिल्म एकेडेमीका सीइओ प्रकाश पुरीले कलेजबाट नै सिकेका विद्यार्थीहरुसँग सहकार्य गर्दै फिल्म निमार्ण गर्न लागिएको बताए । प्रकास पुरीको कथा रहेको फिल्मको सम्पुर्ण टिम निर्देशकदेखि मुख्य कलाकारसम्म कान्तिपुर फिल्म एकेडेमीमै अध्यन गरेका विद्यार्थीहरु रहेका छन् ।
फिल्मलाई तेन्जिन पाल्देनले छायांकन गर्नेछन् । फिल्ममा एउटा मात्र गीत समावेश गरिनेछ । उक्त गीतको शब्द तथा संगीत जेतेन लेप्चाले तयार पारेका हुन् । भने, गीतमा स्वर पनि संगीतकार जेतेन लेप्चाले नै दिनेछन् । कान्तिपुर फिल्म एकेडेमीले विगत केही बर्षदेखि फिल्मका विभिन्न बिषयमा अध्यापन गराउँदै आएको छ ।