‘लभ स्टेसन’ हिट हुने संकेत, केहि घन्टामै युट्युब ट्रेन्डमा पर्यो‘लभ स्टेसन’ को ट्रेलर

बहुप्रतिक्षित  चलचित्र ‘लभ स्टेसन’ को अफिसियल ट्रेलर  सार्वजनिक भएको छ । फाल्गुन २१ गते  विभिन्न कलाकारहरुका माझमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको केहि घन्टामा नै ट्रेलर युट्युबको ट्रेन्डमा पर्न सफल भएको छ ।
ट्रेलरमा ” लिलि बिलि  ” फिल्मका सुपरहिट जोडिलार्इ देखाइको  छ । भियतनाम लगायत भारतका दार्जिलिङ , सिक्किम र नेपालका  सुन्दर लोकेशनमा छायाँकन गरिएको ट्रेलर मंगलबार रिलिज भएको हो । ट्रेलर दर्शकले सोचे भन्दा राम्रो र प्रेेमिल जोडिहरूको प्रेममा स्वाद थप्ने प्रकृतिको बनेको बताएका शाहीले ट्रेलर ट्रेन्डमा परेकोमा खुसि ब्यक्त गरेका  छन् ।
ट्रेलरको बारेमा बोल्दै शाहीले भने ” दर्शक तथा प्रदिप खड्का र जसिता गुरूङका फ्यानहरूको प्रतिक्षालार्इ नलम्ब्याउने निष्कर्ष सहित हामी ट्रेलर रिलिज गरेका हौं । अहिले यो ट्रेन्डमा पर्न सफल भएको छ ।  ट्रेलरले दर्शकलार्इ फिल्म हेर्न लालायित बनाउँने कुरामा हामी यो सफलताबाट पनि विश्वस्त भएका छौ ।  अघि मात्रै पोस्टर रिलिज गरेको थियो । त्यसै गरि भ्यालेन्टाइन डेमा रिलिज गरिएको ” घाम जुन चािहँदैन “बोलको गित पनि सुपरहिट भर्इसकेको छ ।
चैत २२ मा देशभर प्रदर्शन हुने चलचित्र लभ स्टेसनमा प्रदीप र जसिताका अलवा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, रश्मी पाण्डे, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सिरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना, रिशु खरेल, ज्वलन्त गौतम लगायतका कलाकारको पनि अभिनय छ ।
काफिया फिल्मस्को ब्यानरमा निर्माण गरिएको चलचित्रलाई गोविन्द शाही निर्माण गरेका हुन् भने चलचित्रलाई उज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

Leave a Reply