Sat. May 4th, 2024

फिल्म ‘ड्रिम गर्ल’ ले टिकटक म्युजीकल्ली च्यालेन्जका बिजेतालाई आइतबार साँझ बसुन्धरास्थित साझा चुलोमा एक कार्यक्रमका बीच उपहार प्रदान गरेको छ । मंसिर ७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ड्रिम गर्ल’ निर्माण टिमले केही समयअघि सुरु गरेको सो प्रतिस्पर्धाको दोश्रो चरणका बिजेतामा शिसिर अर्याल, बन्दना थापा, नीना पाख्रिन, दर्शन काजी थापा, मनिषा राना,बिशालबाबु आचार्य, अभेलिना खड्का, रोश्मी राई, सृजना श्रेष्ठ मगर, अनिशा ड्रिम्स, नेपाली बर्षा र सदिक्षा क्षेत्री रहेका छन् । उनीहरुलाई फिल्मकी डेब्यु हिरोइन आश्मा गिरी, अभिनेता आकाश श्रेष्ठ, निर्देशक ऋषिराज आचार्य, हाँस्य अभिनेता शिसिर भण्डारी लगायतको उपस्थितिमा उपहार प्रदान गरिएको थियो ।

Leave a Reply

%d bloggers like this: