काठमाडाैं ।
प्रेमगीत, प्रेमगीत २ जस्ता चलचित्र निर्माण गरिसकेका निर्माता सन्तोष सेनले नयाँ मेरी मामु निर्माण गर्दैछन् । चौथो प्रस्तुतिको रूपमा निर्माण गर्न लागेको मेरी मामुमा सन्तोषका छोरा आयुव सेन मुख्य भूमिकामा देखिन्दैछन् । साथै चलचित्रमा प्रेमगीत २ नायिका अश्लेशा ठकुरी र चलचित्र रानीका डेव्यु नायक शारुक ताम्राकारको मुख्य भूमिका रहने छ । चलचित्रमा अश्लेशा र शारुक जोडीको रूपमा देखिन्दैछन् । चलचित्रमा आयुवको आमाको भूमिकामा कुसुम गुरुङ्ग तय भइसकेकी छिन् ।
चलचित्रमा शारुक र अश्लेशाको भूमिका कस्तो हुनेछ निर्माण पक्षले खुलाएको छैन । चलचित्रमा आयुव, कुसुम, शारुक र अश्लेशाको साथमा भुवन चन्द, शरुकका पिता तथा पुराना अभिनेता सानु ताम्राकार, दुर्गा मल्ल ठकुरी, बालकलाकार कृजन गौतम र शुभम विष्ट मुख्य भूमिकामा रहनेछन् । चलचित्रमा यम थापाको लेखन तथा निर्देशन रहने छ । निर्माण पक्षको अनुसार चलचित्र आउँदो भदौ १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।