Mon. Dec 23rd, 2024

काठमाडाैं ।
नेपाल चलचित्र निर्माता संघले आफ्नो प्रथम उपाध्यक्ष श्री माधव राज वाग्लेलाई मिती २०७५।०२०२ गते नेपाल प्रहरीले नक्कली नोट अपचालनको अभियोगमा नियन्त्रणमा लिएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै प्रेस बिज्ञप्ती जारी गरेको छ । संघले जारी गरेको बिज्ञप्तीमा नेपाल सरकार चलचित्र बिकास वोर्डमा दर्ता गरेर चलचित्रको छायांकन गरिएको र चलचित्र छायांकनको लागी आवस्यक पर्ने नोट यस अघि पनि छापाई गर्ने प्रचलन रहेको भन्दै आरोपीत उपाध्यक्ष वाग्लेको तत्काल रिहाई गर्न माग गरेको छ ।
 
नेपाल चलचित्र निर्माता संघले जारी गरेकाे  प्रेस विज्ञप्ती

आज मिति २०७५।०२।०२ गते वुधवार, यस नेपाल चलचित्र निर्माता संघका प्रथम उपाध्यक्ष श्री माधव राज वाग्लेलाई नक्कली नोटको कसुरमा प्रहरी नियन्त्रणमा लिएको सम्बन्धमा यस संघको गम्भीर ध्यानाकर्षण भएको छ । चलचित्र छायांकनका लागि सिनेमाको कथावस्तु अनुसार आवस्यक पर्ने नेपाली नक्कली रुपैया छपाई गर्ने प्रचलन यस अघि समेत रहिआएको छ । नेपाल सरकार, चलचित्र विकास बोर्डबाट चलचित्र निर्माण ईजाजत लिई नेपाली चलचित्र चङ्गा चेटको छायांकन कार्य धमाधम भइरहेको र सो चलचित्रका केही दृष्यहरु छायांकन गर्न बाँकी रहेको अवस्थामा सुटिङ्ग युनिटका केही श्रमजीवि व्यक्तिबाट क्षणिक स्वार्थका लागि गलत मनसायका साथ नक्कली नोटः सिनेमा प्रयोजनको लागि भनि उल्लेखित नोटमै लिखित रुपमा स्पष्ट खुलाईएको सो नक्कली नोटहरुको प्रयोग गरिनु आफैमा निन्दनीय, गैरकानूनी र निर्माता माधव वाग्लेलाई फसाउने कार्य गरेको स्पष्ट हुँदाहुँदै उल्लेखित कार्यमा कुनै पनि किसिमको संलग्नता नरहेको व्यक्ति (माधव वाग्ले) उपर अभियोग लगाई कानूनी प्रक्रिया अगाडी बढाउनु मनासिब नरहेको यस संघको ठम्याई रहेको छ । चलचित्र निर्माण पक्षको जानाजान व्यक्तिगत हितका लागि कानूनलाई ठाडै चुनौती दिने मनसाय नभई विशुद्ध रुपमा नक्कली नोटः सिनेमा प्रयोजनका लागि भनी उल्लेख गरि छपाइएको उल्लेखित नक्कली नोट चलचित्र छायांकन समाप्त पश्चात नष्ट गर्ने प्रक्रिया र प्रचलन यस अघि समेत नेपाली चलचित्र क्षेत्रमा रहि आएको हुँदा निर्माता एवम् संघका प्रथम उपाध्यक्ष श्री माधव राज वाग्लेलाई कानून संबत अविलम्ब रिहा गरिदिन हुन यस संघ जोडदार माग गर्दछ ।

(रोज राणा)
महासचिव
नेपाल चलचित्र निर्माता संघ

Leave a Reply