लघु चलचित्र “सामान” को बिशेष प्रदर्शन भव्यताका साथ् सम्पन्न ,देशले उठाउने इस्यू फिल्मले उठाएको भन्दै खुलेरै तारिफ

काठमान्डू,३ असार ,  रंग सारथीद्वरा प्रस्तुत नाट्यकर्मी बिजय बिष्फोटको निर्देशनमा तयार भएको  लघु चलचित्र “सामान” को आज बिशेष प्रदर्शन भव्यताका साथ् काठमान्डू स्थित नाचघरमा सम्पन्न भएको छ l उक्त चलचित्रको बिशेष प्रदर्शन कार्यक्रममा पत्रकार लगायत बिशिष्ठ व्यक्तिहरुले  बाक्लो उपस्थिति जनाएका  थिए lपत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र बिष्ट ,सर्वनाम थेयटरका अध्यक्ष अशेष मल्ल ,वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमोद कोइराला ,नाट्यकर्मी महासंघका सचिब जे बि  डी सी  र दोलखा ,गौरी शंकर गाउँ पालिका को उप प्रमुख  उर्मिला थामीको उपस्थिति रहेको थियो l चलचित्र सामान सबैको प्रसंसनिय बन्न पुग्यो देशले उठाउने इस्यू यो फिल्मले उठाएको  भन्दै सबैले खुलेरै तारिफ गरे l

खाडी लगायतका मुलुकहरुबाट प्राय हरेक दिन नेपाल ल्याइने कफिनहरु र बिदेशी भुमिदेखी नेपाल ल्याउने सम्मको कानुनि ,प्रसासकिय प्रक्रिया विश्व मानव अधिकारको प्रचलित अभि सन्धि भित्र आजको मिति सम्म संयुक्त राष्ट्र संघबाट  समेत सम्बोधन हुन नसक्नु र यस तर्फ नेपाल लगायतका अन्य देशका  सरकारहरु समेत गम्भीर हुन नसक्नु बिडम्बना नै हो विभिन्न कारणबस मृत्यु भै  एक ठाउँ बाट अर्को ठाउमा कार्गोबाट पुर्याइने शब् बक्स र त्येस भित्र रहेको मृत मानव शरीरलाइ कुनै वस्तु सरह  कार्गो कम्पनि .एयरलाइन्सहरुले आफ्नो ढुवानी बस्तु सूचीमा राख्ने गरेको छ l
उल्लेखित बिषयलाई समेटेर तयार गरिएको चलचित्र सामान निर्माणको मुख्य उद्देश्य  ओझेलमा रहेको बिषयलाई राष्ट्र संघ मानव अधिकार वादी संघ सस्था तथा नेपाल सरकार र अन्य देशका सरकार हरुको गम्भीर ध्यान आकर्षण गराई त्यसलाई सम्बोधन को प्रयास गर्ने र त्यस भित्र रहेका समस्या  चुनौती बारे नया विश्व ब्यापी  बहस शुरु गराउने हो l   यो प्रयासले कुन हदसम्मको र कहिले सम्म मानविय उचित सम्बोधन पाउछ सामान टिम आशाबादी रहेको छ l
चलचित्र “सामान”का कलाकारहरुमा यस बी शाही , ज्योति राइ  शंकर मैनाली ,  रोहानी लामा, दिलिप खड्का ,राज भट्टराई ,सरस्वति अधिकारी. नरेश भुर्तेल .सरिता शाह .कृष्ण शर्मा .कमल गीरी  आदि रहेका छन् l   कार्यकारी निर्मातामा कुमार राज शर्मा रहेका छन् भने फिल्मको कथा/पटकथा  स्वयम् निर्देशक बिजय बिष्फोट कै रहेको छ l

Leave a Reply